Author: पश्चिमपाटी
महेन्द्रनगर । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) कञ्चनपुरको अध्यक्षमा रेशम भट्ट चयन भएका छन ।सोमबार महेन्द्रनगर स्थित ममताज काजवारमा सम्पन्न सभाले भट्टको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । प्रथम उपाध्यक्षमा पुरन पाण्डेय र द्वितीय उपाध्यक्षमा मनोज जोशी चयन भएका छन । त्यसैगरी सौरव बोहरा,धिरज चन्द,महेश जोशी,निराजन लामिछाने,गौरव अवस्थी,महेन्द्र पाण्डेय र अनमोल सुनुवार कार्यसमिति सदस्य चयन भएका छन । कार्यक्रममा एनवाईईएफका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले २००३ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । युवा उद्यमीहरुलाई विदेश पलायन रोक्नका लागि युवा उद्यमशील प्रवद्र्धन गर्र्नु आजको आजको आवश्यकता रहेको उनको भनाई थियो । उनका अनुसार उक्त संस्थामा हालसम्म एक हजार बढी…
महेन्द्रनगर । नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर २ बाट एनपी साउँदलाई उम्मेदवार बनाउने भएको छ ।सोमबार बसेको पार्टीको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको कञ्चनपुरको बेदकोट नगरपालिकाका नगर सभापति तुलाराम शाहुले जानकारी दिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएर परराष्ट्रमन्त्री भएका थिए । उनी शेरबहादुर देउवा निकटका नेता हुन । कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायलाई टिकट दिएको छ । उनी पहिलो पटक निर्वाचन लड्न लागेका हुन । कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवारको टुंगो लाग्न बाकिँ छ । यो क्षेत्रबाट पूर्वगृहमन्त्री रमेश लेखक चुनाव लड्दै आएका छन ।
महेन्द्रनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय उम्मेदवार बनेका छन । सोमबार पार्टीले उपाध्यायलाई टिकट दिएको हो । उपाध्याय पहिलो पटक निर्वाचन लड्न लागेका हुन । मंगलबार उम्मेदवारी दर्ताको दिन रहेकाले त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर २ मा पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी) र क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री रमेश लेखक निर्वाचन लड्ने पक्का भएको छ ।
महेन्द्रनगर,५ माघ नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कञ्चनपुर क्षेत्र नम्बर २ मा दुई जनालाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ ।शनिवार नेकपाले कञ्चनपुरका ३ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा क्षेत्र नम्बर २ मा साबिक नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष लालबहादुर खड्कालाई टिकट दिएको थियो । खड्का अघिल्लो पटक नेकपा एमालेको तर्फबाट प्रदेश सभामा निर्वाचित भएर सामाजिक विकास मन्त्री भइसकेका व्यक्ति हुन ।अहिले सोही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले साबिक नेकपा एकीकृतकै माधव पन्तलाई टिकट दिएका छन । टिकट पाएका पन्तले सामाजिक सञ्जालमा राखेको भिडियोमा पन्तलाई टिकट दिँदै प्रचण्डले शुभकामना समेत दिएका छन । ‘एउटा…
महेन्द्रनगर,४ माघ राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा पाटीले निर्णय गरेर पठाएका उम्मेदवार जिताउन एक ढिक्का भएर लाग्ने जनाएको छ । पाटी सभापति पदम विष्टले उम्मेदवारका आकांक्षी धेरै भएपनि पार्टीले निर्णय गरेर पठाएका उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्ने बताएका छन । “सकेसम्म हामीले सिफारिस गरेका व्याक्ति उम्मेदवार बनोस भन्ने हाम्रो चाहाना हो ।” सभापति विष्टले भने–“पार्टीले निर्णय गरे अनुसार घण्टीमा मत माग्न एक ढिक्का भएर लाग्छौ ।” रास्वपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा जनक धामीलाई एकल सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ मा दीपक बोहरा छन ।क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता सिफारिस भएपनि…
महेन्द्रनगर । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कञ्चनपुर यलो विजयी भएको छ ।शनिवारदेखी महेन्द्रनगर स्थित कवर्ड शल खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा यलोले कञ्चनपुर ग्रिनलाई ६५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेको यलोले ३५ दशमलव २ बलमा अलआउट हुदैँ १८२ रनको लक्ष्य दिएको थियो । यलोका लागि हरिश पनेरुले सर्वाधिक ३१ रन बनाए । उनले ७० बल खेलेका थिए । त्यसैगरि चक्र ऐडिले १८ बलमा २४ रन,लोकेश जोशीले २७ बलमा २२ रन र हेमन्त धामीले ३० बल खेल्दै २१ रन जोडेका थिए । बलिङमा कञ्चनपुर ग्रिनका विकास आग्रीले ८ ओभरमा २८ रन…
महेन्द्रनगर ,३ माघ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर जिल्लाका ३ वटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।पार्टीका केन्द्रीय कमिटि सदस्य सुरेन्द्रमान कार्कीले कञ्चनपुरका तीन वटै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेको जानकारी दिए । उनका अनुसार कञ्चनपुर क्षेत्र नम्बर १ मा बिना मगर, क्षेत्र नम्बर २ मा लाल बहादुर खड्का र क्षेत्र नम्बर ३ मा मान बहादुर सुनारको नाम टुङ्गो लागेको हो । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बीना मगर क्षेत्र नम्बर १ बाट २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर खानेपानी मन्त्री बनेकि थिइन । २०७९ को निर्वाचनमा भने नेकपा एमालेका उम्मेदवार तारालामा…
महेन्द्रनगर,३ माघ कञ्चनपुरमा प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता शनिवारदेखी सुरु भएको छ ।जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको दोधारा चाँदनीका नगर प्रमुख किशोर कुमार लिम्बुले शु–भारम्भ गर्नुभयो । सो अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो । जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र बहादुर चन्दले खेलाडिलाई उत्कृष्ट प्रर्दशन गर्न आग्रह गर्नुभयो । “अहिले क्रिकेटको क्रेज बढेकोले क्रिकेटमै भविष्य देख्ने युवाहरुको संख्या बढ्दै गएको छ ।” अध्यक्ष चन्दले भन्नुभयो–“यो प्रतियोगितामा राम्रो प्रर्दशन गरे मात्रै अगाडी बढ्न सफल भईन्छ ।” उहाँका अनुसार छनौटका लागि ६०…
महेन्द्रनगर,२ माघ : आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि कञ्चनपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन ।शुक्रबार कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएका हुन । कञ्चनपुरको क्षेत्र नं.३ मा मुख्य निर्वाचन अधिकृत राजेन्द्र भण्डारी, क्षेत्र नं.२ का निर्वाचन अधिकृत प्रकाश भण्डारी र क्षेत्र नं.१ का निर्वाचन अधिकृत दामोदर घिमिरे,कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन आयोग कञ्चनपुरका प्रमुख हरिश चन्द्र जोशीले जानकारी दिए । “हामी निर्वाचनको पूर्ण तयारीमा लागेका छौ,सबै सामाग्रीहरु तयारी अवस्थामा छन ।” उनले भने । आयोगका…
सुशासन भनेको शासकीय आयाम हो । शासन सञ्चालनका आधारभूत मान्यता नै प्रचलित कानुन, मापदण्ड, विधि, पद्धति, सरोकारवालाहरूको सहभागिता सहितको शासकीय व्यवस्था हो । स्थानीय तह नागरिकको सबै भन्दा नजिकको सरकार भएको हुनाले यस प्रति नागरिकका अपेक्षा पनि एकदमै धेरै छन र पहुंच पनि सबै भन्दा सहज पनि छ । नागरिकको सबै प्रकारका समस्याहरू सम्बोधनको पहिलो संयन्त्र स्थानीय सरकार नै हो । यस संग साँच्चै नै गर्भदेखि चिहानसम्मका सबै काममाहरुको सोझो सम्बन्ध छ । कुनै व्यक्तिको जन्म वा मृत्यु भयो भने स्थानीय सरकारले प्रमाणित नगरीकन सो व्यक्ति कानुनी रूपमा जन्मेको वा मृत्यु भएको मानिँदैन । सरकार भनेको जन्मदेखि मृत्यु सम्मको काम…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
