महेन्द्रनगर । कञ्चनपुरमा निर्वाचन अवधीभर मदिरा बिक्रि वितरण एंव सेवन रोक लगाएको छ ।
बिहिवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न नभए सम्मका लागि जिल्लाभर मदिरा बिक्रि वितरण एंव सेवनमा रोक लगाएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले जानकारी दिए । उनका अनुसार फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा बिक्रि वितरण एंव सेवन निषेध गरिएको हो । उक्त निणर्य उल्लघन गरे कारवाही हुने प्रशासनले जनाएको छ । सभ्य, सुव्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन जिल्ला सुरक्षा समिति प्रतिबद्ध रहेको छ । निर्वाचनको मिति नजिकिदै जादा स्थानीय प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

