Author: पश्चिमपाटी
महेन्द्रनगर । कैलालीको भजनी नगरपालिका–६ बसाहाका २३ वर्षीय जिनियस चौधरीले दैनिकजसो दोधारा चादँनी झोलुङ्गे पुल धाउन थालेको तीन वर्ष भयो । बुबा परशुराम चौधरीसँगै कञ्चनपुरको महेन्द्रनगरमा डेरा गरी बस्ने जिनियसको दैनिकी नै काँधका क्यामेरा बोकेर यहाँको पर्टयकीय गन्तव्य झोलुङ्गे पुल जाने त्यहाँ आउने पर्यटकको आग्रहअनुसार तस्बिर र भिडियो कैद गर्नु हो । कैलालीको टीकापुरमा तीन महिना फोटो र भिडियोग्राफी तालिम लिएपश्चात् महेन्द्रनगर र आसपासका पर्यटकीयस्थलमा पछिल्लो समय फोटो खिच्ने युवायुवतीको भीडभाड बढ्दै गएको देखिन्छ । त्यही भीडमा दैनिक महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुलमा भेटिने जिनियसले दैनिक फोटोग्राफीबाट रु एक हजार पाँच आम्दानी गर्दै आएका छन् । “पुल अवलोकनका लागि आउने प्रायः…
महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरमा क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर खेल मैदानको अभावले भने क्रिकेट गतिविधि प्रभावित बनेको छ । खेल मैदान नहुँदा प्रतियोगिता आयोजना गर्न समेत पालो पर्खिनुपर्ने अवस्था छ । महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा क्रिकेट बाहेकका अन्य खेल प्रतियोगिता हुन थालेपछि क्रिकेट प्रतियोगिता गराउन समस्या हुन थालेको कञ्चनपुर खेलकुद विकास समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले एउटै खेल मैदानमा सबै खेलहरु खेलाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । “कञ्चनपुर विभिन्न खेलका धेरै खेलाडी उत्पादन भएको जिल्ला हो, तर यहाँ खेल पूर्वाधारको कमी छ”, उहाँले भन्नुभयो, “खेलकुद समितिसँग भएको १५ विघा जग्गामा खेल मैदान छ,…
महेन्द्रनगर । पश्चिमपाटीका सम्पादक महादेव अवस्थी सम्मानित हुनुभएको छ । बुधबार महेन्द्रनगरमा सम्पन्न कञ्चनपुर जिल्ला क्रिकेट संघको सातौँ जिल्ला अधिवेशन तथा आठौँ साधारण सभाको उद्घाटन समारोहमा नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर वहादुर चन्द र जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले सम्मान गर्नुभएको हो । राष्ट्रिय समाचार समिति तथा अन्नपूर्ण पोष्टका जिल्ला संवादाता समेत रहेका अवस्थीले क्रिकेट खेलको प्रचार प्रसार र खेलको लोकप्रियता अभिवृद्धिमा अवस्थीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै संघले दोसल्ला र सम्मान पत्र प्रदान गरेको हो । त्यसैगरी उक्त समारोहमा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत…
महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा बिरेन्द्र बहादुर चन्द र्निविरोध चयन हुनुभएको छ ।बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट चन्दको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति र्निविरोध चयन भएको हो । संघको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा बिशाल सोनार,कोषाध्क्षयमा भुवनप्रसाद पन्त निर्विरोध चयन हुनुभएको निर्वाचन समिति संयोजक टेकवहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमिति सदस्यमा नरेन्द्र राज भट्ट,कमलेश कुमार कपाडी,निरज चन्द,बृजकिशोर चन्द,धिरेन्द्र चन्द, गणेश आग्री, विनोद खत्री,दिपक चन्द, ज्ञानेश्वर प्रसाद माया रावत साउँद र सुरेश भट्ट निर्विरोध चयन भएका हुन ।संघको सातौँ जिल्ला अधिवेशन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभएको थियो । उहाँले सुदूरपश्चिममा पूर्वाधार अभावका बीच खेलाडीहरुले…
२०४६ सालको जनआन्दोलनले नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना गर्यो। त्यसले राजतन्त्रसहितको संवैधानिक प्रजातान्त्रिक यात्राको ढोका खोलिदियो। तर विडम्बना, त्यसपछि तीसभन्दा बढी सरकार फेरिए। राजनीतिक अस्थिरताको एउटा लामो र थकित श्रृंखला सुरु भयो। प्रजातन्त्र पुनर्स्थापनाको तीन वर्ष पनि बित्न नपाउँदै दश वर्षे माओवादी द्वन्द्वले देशलाई नराम्रो संग जकड्यो, हजारौं निर्दोषको ज्यान गयो, अर्थतन्त्र ध्वस्त भयो र विकासका पूर्वाधारहरू दशकौं पछाडि धकेलिए। तर एउटा कुरा सत्य हो त्यही द्वन्द्वले नेपाललाई समावेशी समाजको दिशातर्फ पनि डोर्यायो। २०६२/६३ को दोस्रो जनआन्दोलनको जगमा २०६५ मा राजतन्त्रको अन्त्य भयो र गणतन्त्र स्थापना भयो। २०७२ मा नयाँ संविधान जारी भएसँगै देश संघीयताको अभ्यासमा प्रवेश गर्यो। तर संघीयताको दशक…
महेन्द्रनगर । कञ्चनपुरमा सोमबार देखी विद्यालयस्तरीय जिल्ला छनौट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।जिल्ला क्रिकेट संघको आयोजना तथा होली फेम्ली स्कुलको सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द, प्रमुख अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहकार तथा होली फेम्ली स्कुलका संस्थापक भुपाल सिंह विष्ट,विशिष्ट अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा होली फेम्ली स्कुलले र फ्लोरिडा स्कुललाई पराजित गरेको छ । दोस्रो खेलमा मर्निङ ग्लोरीले नव प्रतिभास्कुललाई पराजित गरेको छ । आजै भएको तेस्रो खेलमा नोवेल एकेडेमीले वेस्र्टन स्कुललाई…
महेन्द्रनगर । शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी शुक्रबार अल्पसूची (सर्ट लिस्ट) तयार गरेको हो । सर्टलिष्ट अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि किशन दत्त भट्ट,खेमराज जोशी,चेतराज भट्ट,जगतकृष्ण पोखरेल,डमरु चन्द्र भट्ट,पदमराज जोशी,महेश कुमार जोशी,राजेन्द्र जोशी,राम प्रसाद घिमेरे र विष्णु विलासी अधिकारी रहेका छन । समितिको आजको निर्णयअनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि छनोट प्रक्रियामा अगाडि बढेका उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्ट लिस्टमा परेका…
महेन्द्रनगर । निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबीच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो ।पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको छ । “कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “दश वटाले अहिले धमाधम काम गरिरहेका छन् असार मसान्तमा काम सम्पन्न नगरिए ती ठेक्का अन्त्य गरिनेछ ।”कार्यालयका अनुसार आव २०७८/७९ देखि सुरु…
महेन्द्रनगर । प्राविधिक शिक्षा अध्ययनको सौख तथा परिवारको आर्थिक अवस्थाले भ्याउन अपठयारो हुँदा पनि हुम्ला ताँजाकोट गाउँपालिका–१ का कमल खड्का प्राविधिक शिक्षा अध्ययनका लागि कञ्चनपुरको महेन्द्रनगर आइपुग्नुभयो । हुम्लाको विकट बस्तीबाट एसइई अध्ययन सकेर खड्का अहिले महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय तीन वर्र्षे डिप्लोमा कोर्ष ‘फार्मेसी’ को दोस्रो वर्षमा अध्ययनरत छन् । भीमदत्त नगरपालिका–६ ऐठपुरमा डेरा गरी बस्ने खड्का महेन्द्रनगर आउनुको मुख्य उद्देश्य नै प्राविधिक शिक्षा हासिल गर्नु हो । “ बुवा गाउँमा ज्याला मजदुरी गरेर मलाई पढाई खर्च जेनतेन जुटाइरहनु भएको छ, कृषिबाट परिवारको जोहो गर्न मुश्किल पर्छ ।” राससकर्मीसितको कुराकानीमा खड्काले भन्नुभयो, “बुवा भीरबाट लडेर अस्वस्थ्य भएपछि पढाइका लागि…
महेन्द्रनगर । महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । प्रदेशका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू प्रभावित भएका हुन् । कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप अस्पतालमा उपलब्ध नभएपछि उपचारका लागि पुगेका सेवाग्राही समस्यामा परेका हुन् । महाकाली प्रादेशीक अस्पतालका निमित्ति मेडिकल सुपरिटेन्डेन डा अर्जुन भट्टले आपूर्ति केन्द्रबाट रेबिजविरुद्धको खोप नआएपछि समस्या भएको बताउनुभयो । “अस्पतालमा दैनिक ४०÷५० जना बिरामीहरू रेबिजविरुद्धको खोप लगाउन आउँछन्, हामीसँग खोप उपलब्ध छैन”, उहाँले भन्नुभयो, “जेठदेखि प्रदेश आपूर्ति केन्द्रबाट खोप नआएपछि अस्पतालले सेवा दिन सकेको छैन ।” धनगढीस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सुदूरपश्चिममा मात्रै नभई…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
