महेन्द्रनगर । शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ ।
मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम प्राप्त दरखास्तहरूको मूल्याङ्कन गरी शुक्रबार अल्पसूची (सर्ट लिस्ट) तयार गरेको हो । सर्टलिष्ट अनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि किशन दत्त भट्ट,खेमराज जोशी,चेतराज भट्ट,जगतकृष्ण पोखरेल,डमरु चन्द्र भट्ट,पदमराज जोशी,महेश कुमार जोशी,राजेन्द्र जोशी,राम प्रसाद घिमेरे र विष्णु विलासी अधिकारी रहेका छन । समितिको आजको निर्णयअनुसार सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति पदका लागि छनोट प्रक्रियामा अगाडि बढेका उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सर्ट लिस्टमा परेका उम्मेदवारहरूका सम्बन्धमा सरोकारवालाबाट राय–सुझाव समेत माग गरेको छ । इच्छुक व्यक्तिले मन्त्रालयले उपलब्ध गराएको गुगल लिङ्कमार्फत जेठ २५ गतेभित्र आफ्नो सुझाव पठाउन सक्नेछन्।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

