महेन्द्रनगर । पश्चिमपाटी पत्रिकाको आयोजनामा हुन लागेको “स्कोप एजुकेशन एक्स्पो २०८३” को तयारी अन्तिम चरणमा पुगेको छ ।
जेठ ९ र १० गते महेन्द्रनगरस्थित ममताज पार्टी प्यालेसमा आयोजना हुने एक्स्पोका लागि स्टल व्यवस्थापन, सहभागी विद्यालय तथा कलेज समन्वय, प्रचारप्रसार, अतिथि व्यवस्थापन, करियर काउन्सिलिङ सेसन तथा प्यानल छलफल कार्यक्रमको तयारी तीव्र पारिएको कार्यक्रमका संयोजक जगदीश चन्द्र भट्ट ले जानकारी दिनुभयो ।
एक्स्पोको टाइटल प्रायोजकका रूपमा शंकर एजुकेशन रहेको छ । एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, प्यानल छलफल लगायतका गतिविधि रहनेछन् । कार्यक्रममा कञ्चनपुरका विभिन्न विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने छ । आयोजक समितिका अनुसार हालसम्म लिटिल बुद्ध एकेडमी, सार्क एजुकेशन, जनज्योती क्याम्पस, मर्निङ ग्लोरी, ब्रिष्टन कलेज, फ्लोरिडा स्कुल र युनाइडेड स्कुलको सहभागिता रहने भएको छ । त्यसैगरी आध्या स्कुल, ग्लोबल स्कुल, महाकाली मोर्डन, ब्राइट लाइफ तथा महाकाली बहुप्राविधिक शिक्षालय को पनि सहभागिता रहनेछ ।
कार्यक्रममा स्किल ल्याब द्वारा विशेष करियर काउन्सिलिङ सत्र सञ्चालन गरिनेछ भने इन्टरनेट पार्टनरका रूपमा भायानेट रहेको छ । विद्यार्थी, अभिभावक तथा शैक्षिक क्षेत्रलाई एउटै मञ्चमा जोड्दै गुणस्तरीय शिक्षा, करियर मार्गदर्शन र शैक्षिक अवसरबारे जानकारी प्रदान गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

