महेन्द्रनगर । कंचनपुरको भिमदत्तमा अन्तर–विद्यालय स्तरिय T-20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। होलि फेम्ली स्कुलको आयोजनामा आगामी जेठ १४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनाएको हो।
प्रतियोगितामा भीमदत्त नगरपालिका भित्र रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन, नेतृत्व क्षमता, स्वस्थ जीवनशैली तथा सकारात्मक सोचको प्रवर्द्धन गर्नु रहेको छ। साथै समाजमा भाईचारा, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्दै लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना फैलाउने लक्ष्य समेत राखिएको विद्यालयले जनाएको छ।
प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने टिम दर्ता निःशुल्क रहने व्यवस्था गरिएको छ। प्रत्येक टोलीमा १४ जना खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक रहनेछन्। खेलहरू ICC तथा CAN को नियमअनुसार खेलाइने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीलाई नगद रु. ५१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु. ३१,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी फाइनल खेलका उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज तथा उदयीमान खेलाडीलाई समेत नगद पुरस्कार र ट्रफी प्रदान गरिनेछ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

