महेन्द्रनगर । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको शुक्रबार कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायधीश राजेन्द्र भण्डारीले मुख्य रेफ्रिलाई कर्क हस्तान्तरण गरेर उद्घाटन गरे । प्रतियोगितामा बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिए । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रख्यात बाह्रसिंगाको प्रवद्र्धन गर्नका लागि पहिलो पटक सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
“कैलाली,कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट ८० वटा टीम सहभागी भएका छन ।” उनले भने–“खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रख्यात बाह्रसिंगाको प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेका हौँ ।” प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पु¥याउने लक्ष्य राखेको उनको भनाई छ ।
प्रतियोगितामा ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५ र तृतीय हुने टिमले रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा कञ्चनपुर खेलकुद विकास समितिका अध्यक्ष ज्ञानेकन्द्र वहादुर सिंह,भीमदत्त नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत महेश बम, कञ्चनपुर ब्याडमिन्टन संघका अध्यक्ष राहुल भट्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र खेलाडीहरुको उलेख्य सहभागिता रहेको थियो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

