Author: पश्चिमपाटी

महेन्द्रनगर । ब्रिष्टन क्रिकेट कप सिजन–२ अन्तर्गत आज सम्पन्न खेलमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुल र इन्टरनेश्नल स्कुल बी विजयी भएका छन ।महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी प्रतियोगितामा मर्निङ ग्लोरीले लिटिल वुद्धलाई ७९ रनकोे अन्तरले पराजित गरेको हो भने इन्टरनेश्नले कैलाली मोडललाई १७८ को फराकिला अन्तरले पराजित गर्दै शानदार जित हात पारेको हो ।निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मर्निङ ग्लोरीले १७७ रन बनाएको थियो । उसका लागि निशान्तले सर्वाधिक ५१ रन,ईशान ४४ र अमुलले २९ रनको योगदान गरे । लिटल बुद्धका स्वयम,मनिष र निराजनले समान १–१ विकेट लिए ।१७८ रनको लक्ष्य पछ्याएको लिटल बुद्ध १४.५ ओभरमा १०८ रनमै समेटिएको…

Read More

महेन्द्रनगर । कञ्चनपुरमा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा लिटल बुद्ध एकेडेमी र होली फेम्ली इङ्ग्लिस मिडियम स्कुल विजयी भएका छन ।भीमदत्त नगरपालिका स्थित होली फेम्ली स्कुलको खेल मैदामा सञ्चालित प्रतियोगिताको आजको खेलमा लिटल बुद्धले रेडियन्ट स्कुललाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दा होली फेम्ली कस्ुलले फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुलमाथि ५१ रनको जित दर्ता गर्यो । पहिलो खेलमा लिटल बुद्ध एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो । उसका लागि आर्यनले सर्वाधिक २९ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले भने रोहनले २६ तथा दिपेशले २४ रन जोडे। बलिङतर्फ रेडियन्टका मिलनले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।…

Read More

महेन्द्रनगर । कञ्चनपुरमा एक लाख पुरस्कार राशीको ब्रिष्टन क्रिकेट कप आयोजना गरिएको छ ।ब्रिष्टन कलेजको आयोजनामा महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी दोस्रो ब्रिष्टन क्रिकेट कप अन्तर्गत १२ वटा विद्यालय तथा कलेजका टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिता असार १ गते सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ । प्रतियोगितामा ब्रिष्टन कलेज, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस, कञ्चन विद्या मन्दिर, लिटिल वुद्ध ऐकेडमी, इन्टरनेसनल पब्लिक स्कुल (टिम ए र टिम बी), बाल जागृति…

Read More

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित होली फेम्लीको खेल मैदानमा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका छन । सोमबार सम्पन्न खेलहरूमा तीनै टोलीले प्रभावशाली प्रदर्शन गर्दै अर्को चरणतर्फको यात्रा बलियो बनाएका हुन ।पहिलो खेलमा इन्टरनेशनल पब्लिक स्कुलले श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालयलाई ३९ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९.१ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माध्यमिकका महेन्द्र ४ तथा सुरजले ३ विकेट लिए । जवाफी…

Read More

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी नायब महानिरीक्षक दिग विजय सुवेदीको स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष दिनेश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरू, कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देल, संघका पदाधिकारी, सदस्य तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो ।उक्त कार्यक्रममा नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न समस्या, चोरी पैठारी नियन्त्रण, लागूऔषध ओसारपसार रोकथाम तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । संघका अध्यक्ष दिनेश मल्लले जिल्लामा बढ्दो लागूऔषध समस्या विकराल बन्दै गएको बताए । लागूऔषधले युवापुस्तालाई नराम्ररी असर गरिरहेको उल्लेख गर्दै यसलाई निर्मूल पार्ने गरी प्रभावकारी कदम…

Read More

महेन्द्रनगर । शनिवार देखी सुरु भएको मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा सनराइज र लिटल स्टार विजयी भएका छन ।होली फेम्ली इङ्गलिश मिडियम स्कुलको आयोजना र भीमदत्त नगरपालिकाको प्रायोजनमा होली फेम्ली स्कुलको खेल मैदानमा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सनराइज स्कुल र लिटल स्टार पब्लिक स्कुल विजयी भएका हुन । पहिलो खेलमा सनराइजले महाकाली मोडर्न पब्लिक स्कुललाई २० रनले पराजित गर्दा दोस्रो खेलमा लिटल स्टारले न्युन स्कोरमा ज्ञानोदय एकेडेमीमाथि ३६ रनको जित दर्ता गरेको हो । पहिले ब्याटिङ गरेको सनराइजले ८ विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि आश्विन भट्टले सर्वाधिक ९३ रनको योगदान गरे…

Read More

महेन्द्रनगर । कञ्चनपुरमा शनिवारदेखी भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।भमिदत्त नगरपालिका–१० स्थित होली फेम्ली इङ्गलिश मिडियम स्कुलको आयोजना र भीमदत्त नगरपालिकाको प्रायोजनमा भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ ।होली फेम्ली स्कुलको खेल मैदानमा हुने सञ्चालन हुने प्रतियोगितामा भीमदत्त क्षेत्रका १८ वटा टिम सहभागी हुने छन । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान…

Read More

जेठ १५, २०६५ मा नेपालको इतिहासमा एउटा निर्णायक मोड आयो। पहिलो संविधानसभा बैठकले २४० वर्ष लामो शाह वंशको राजतन्त्रलाई औपचारिक रूपमा खारेज गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। यो दिनलाई गणतन्त्र दिवस को रूपमा मनाईदै आएको छ , यहि सन्दर्भमा गणतन्त्र दिवसको सबैमा शुभकामना। यो परिवर्तन २०४६/४७ को जनआन्दोलन, १० वर्षे माओवादी द्वन्द्व (२०५३–२०६३) र दोस्रो जनआन्दोलन (२०६२/६३) को परिणति थियो। राजतन्त्रबाट गणतन्त्र र एकात्मक राज्यबाट संघीयतामा भएको यो रुपान्तरण केवल राजनीतिक परिवर्तन मात्र होइन, यो सामाजिक रूपान्तरणको पनि प्रक्रिया हो। राजतन्त्रको अन्त्यले शक्ति केन्द्रीकरणको अन्त्य गर्‍यो। यसले समावेशी र समानतामा आधारित समाज निर्माणको आधार तयार पार्‍यो।हरेक वर्ष यो…

Read More

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट संघले अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको विदाई गरेको छ ।बिहिवार भीमदत्त नगरपालिकाका नगर उप–प्रमुख निलम जोशी र जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष विरेन्द्र वहादुर चन्दले भारतको उत्तराखण्डमा सञ्चालन हुने ४२ औं अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगिता खेल्ने नेपालको ए राष्ट्रिय टोलीको विदाई गरेका हुन । नेपाली टोलीमा कप्तान अनिल कुमार साहको नेतृत्वमा टोली गड्डाचौकी नाका भएर भारत प्रस्थान गरेको छ । टोलीमा मयन यादव, तृत राज दास, देव खनाल, रसिद खान, बसिर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज…

Read More

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ मा पार्टीको केन्द्रीय तहबाट गरिएको निर्णयविरुद्ध प्रतिरोध देखिएको छ ।कांग्रेसको जरा अभियान अन्तर्गत २१ जेठभित्र क्षेत्र अन्तर्गत पर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न भनिएपनि कञ्चनपुर ३ क्षेत्रीय कार्यसमितिको बैठकले गत पुस मसान्तसम्म नविकरण गरिएको क्रियाशिल सदस्य केन्द्रमा बुझाएको भन्दै सोहि क्रियाशिल सदस्यतालाई मान्यता दिने निर्णय गरेको थियो । नयाँ क्रियाशिल सदस्यका लागि पनि सोहि समयमा फाराम वितरण गरि काम भइरहेको बेला सदस्यता वितरण बन्द गरिएको भन्दै जरा अभियान अन्तर्गत पुन : सदस्यता अद्यावधिकको काम नगर्ने निर्णय क्षेत्रीय कार्यसमितिको छ ।सोहि निर्णय अनुरुप कञ्चनपुर–३ का क्षेत्रीय सभापति केशव चन्दले अद्यावधिकको…

Read More