महेन्द्रनगर । कञ्चनपुरमा एक लाख पुरस्कार राशीको ब्रिष्टन क्रिकेट कप आयोजना गरिएको छ ।
ब्रिष्टन कलेजको आयोजनामा महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी दोस्रो ब्रिष्टन क्रिकेट कप अन्तर्गत १२ वटा विद्यालय तथा कलेजका टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ । जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिता असार १ गते सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ । प्रतियोगितामा ब्रिष्टन कलेज, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस, कञ्चन विद्या मन्दिर, लिटिल वुद्ध ऐकेडमी, इन्टरनेसनल पब्लिक स्कुल (टिम ए र टिम बी), बाल जागृति स्कुल, एमिटी कलेज, मर्निङ ग्लोरी, नास्ट कलेज, कैलाली मोडल स्कुल तथा एसपीएका टोलीहरूको सहभागिता रहेको छ ।
आयोजकका अनुसार विद्यालय तथा कलेज तहमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

