महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित होली फेम्लीको खेल मैदानमा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा सोमबार भएका खेलमा इन्टरनेशनल पब्लिक स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र मर्निङ ग्लोरी सेकेन्डरी स्कुल विजयी भएका छन । सोमबार सम्पन्न खेलहरूमा तीनै टोलीले प्रभावशाली प्रदर्शन गर्दै अर्को चरणतर्फको यात्रा बलियो बनाएका हुन ।
पहिलो खेलमा इन्टरनेशनल पब्लिक स्कुलले श्री महेन्द्रनगर नमुना माध्यमिक विद्यालयलाई ३९ रनले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको इन्टरनेशनल पब्लिक स्कुलले १९.१ ओभरमा ८२ रन बनायो । इन्टरनेशनलका लागि प्रिन्सले ३३ तथा हिमालले २२ रनको योगदान गरे । बलिङतर्फ महेन्द्रनगर नमुना माध्यमिकका महेन्द्र ४ तथा सुरजले ३ विकेट लिए । जवाफी ब्याटिङमा महेन्द्रनगर नमुना मावि ४३ रनमै अल आउट भयो । बलिङमा इन्टरनेशनलका प्रिन्सले ३ तथा युशन र अंकितले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा खेलमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले बैजनाथ माध्यमिक विद्यालयलाई १४ रनले पराजित गर्यो । मर्निङ ग्लोरीले १९.३ ओभरमा १२१ रन बनाउँदा अंकुशले ३३ र अमुलले ३१ रनको योगदान दिए । जवाफी ब्याटिङमा उत्रिएको बैजनाथ मावि १०७ रनमा समेटियो । उसका लागि चेतनले ३८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन । मर्निङ ग्लोरीका निर्मलले ३ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।
आजै भएको तेस्रो खेलमा वेस्टर्न पब्लिक एकेडेमीले लक्ष्मी माध्यमिक विद्यालय बगफाँटालाई ३७ रनले पराजित गर्यो । वेस्टर्नले १९.२ ओभरमा ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेस्टर्नका लागि मनोजले २९, राहुलले १९ र कपिलले १५ रन जोडे । बलिङतर्फ लक्ष्मी माविका सुभाषले ३ विकेट लिए । जवाफमा लक्ष्मी मावि ११.१ ओभरमा ७३ रनमा अलआउट भयो । उसका लागि आयुष पन्तले २३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन । बलिङमा वेस्टर्नका कपिलले ४ विकेट लिए । प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

