महेन्द्रनगर । कञ्चनपुरमा जारी अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा लिटल बुद्ध एकेडेमी र होली फेम्ली इङ्ग्लिस मिडियम स्कुल विजयी भएका छन ।
भीमदत्त नगरपालिका स्थित होली फेम्ली स्कुलको खेल मैदामा सञ्चालित प्रतियोगिताको आजको खेलमा लिटल बुद्धले रेडियन्ट स्कुललाई १२५ रनको फराकिलो अन्तरले पराजित गर्दा होली फेम्ली कस्ुलले फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुलमाथि ५१ रनको जित दर्ता गर्यो । पहिलो खेलमा लिटल बुद्ध एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो । उसका लागि आर्यनले सर्वाधिक २९ बलमा ५५ रनको अर्धशतकीय इनिङ खेले भने रोहनले २६ तथा दिपेशले २४ रन जोडे। बलिङतर्फ रेडियन्टका मिलनले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। जवाफी ब्याटिङमा रेडियन्ट १२.३ ओभरमा ५९ रनमै अलआउट भयो । उसका लागि बिराजले १६ रन र प्रशान्तले १२ रन बनाए । लिटल बुद्धका श्याम र कुनालले समान ३–३ विकेट लिए भने संगमले १ विकेट हात पारे।
अर्को खेलमा होली फेम्ली इङ्ग्लिस मिडियम स्कुलले १९.१ ओभरमा १० विकेट गुमाएर १०९ रन बनायो । उसका लागि निराजीले २६, हिमेशले २१ र आयुषले १० रनको योगदान दिए । फ्लोरिडाका नितेश र अर्नवले समान ३–३ विकेट लिए भने बिपिनले २ विकेट हात पारे । ११० रनको लक्ष्य पछ्याएको फ्लोरिडा इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल ५८ रनमै समेटियो । उसका लागि प्रेमबहादुरले १७, नितेशले ११ तथा सुजलले १० रन बनाए । होली फेम्लीका तप्पनले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे भने लक्ष्मणले ३ र भानुभक्तले १ विकेट लिए । होली फेम्लीले खेल ५१ रनले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा महत्वपूर्ण जित हासिल गर्यो ।
होली फेम्लीको आयोजना तथा भीमदत्त नगरपालिकाको सह प्रायोजनमा जारी प्रतियोगितामा १८ वटा टीमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

