Author: पश्चिमपाटी
महेन्द्रनगर । कंचनपुरको भिमदत्तमा अन्तर–विद्यालय स्तरिय T-20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। होलि फेम्ली स्कुलको आयोजनामा आगामी जेठ १४ गतेदेखि प्रतियोगिता सञ्चालन हुने जनाएको हो।प्रतियोगितामा भीमदत्त नगरपालिका भित्र रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरूलाई सहभागिताका लागि आग्रह गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा खेलकुदको विकास, अनुशासन, नेतृत्व क्षमता, स्वस्थ जीवनशैली तथा सकारात्मक सोचको प्रवर्द्धन गर्नु रहेको छ। साथै समाजमा भाईचारा, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्दै लागूऔषध दुर्व्यसन विरुद्ध सचेतना फैलाउने लक्ष्य समेत राखिएको विद्यालयले जनाएको छ।प्रतियोगिता लिग–कम–नकआउट प्रणालीमा सञ्चालन हुनेछ भने टिम दर्ता निःशुल्क रहने व्यवस्था गरिएको छ। प्रत्येक टोलीमा १४ जना खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक…
महेन्द्रनगर । पश्चिमपाटी पत्रिकाको आयोजनामा हुन लागेको “स्कोप एजुकेशन एक्स्पो २०८३” को तयारी अन्तिम चरणमा पुगेको छ । जेठ ९ र १० गते महेन्द्रनगरस्थित ममताज पार्टी प्यालेसमा आयोजना हुने एक्स्पोका लागि स्टल व्यवस्थापन, सहभागी विद्यालय तथा कलेज समन्वय, प्रचारप्रसार, अतिथि व्यवस्थापन, करियर काउन्सिलिङ सेसन तथा प्यानल छलफल कार्यक्रमको तयारी तीव्र पारिएको कार्यक्रमका संयोजक जगदीश चन्द्र भट्ट ले जानकारी दिनुभयो । एक्स्पोको टाइटल प्रायोजकका रूपमा शंकर एजुकेशन रहेको छ । एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, प्यानल छलफल लगायतका गतिविधि रहनेछन् । कार्यक्रममा कञ्चनपुरका विभिन्न विद्यालय, कलेज तथा शैक्षिक संस्थाहरूको सहभागिता रहने छ । आयोजक समितिका अनुसार हालसम्म लिटिल बुद्ध एकेडमी,…
नेपालको अर्थतन्त्र हाल संवेदनशील अवस्थामा छ। राजस्व संकलन सीमित छ, पुँजीगत खर्च कमजोर छ, युवा बेरोजगारी उच्च छ, रेमिट्यान्समा अत्यधिक निर्भरता छ, व्यापार घाटा फराकिलो छ र राजनीतिक अस्थिरताले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ। यस्तो चुनौतीपूर्ण परिस्थितिमा आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेटले आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, उत्पादन वृद्धि र दीर्घकालीन संरचनात्मक सुधारलाई प्राथमिकता दिनुपर्छ। यो बजेटले परम्परागत आयात-आधारित अर्थतन्त्रबाट उत्पादनशील, निर्यात-उन्मुख र प्रविधि-चालित अर्थतन्त्रमा संक्रमणको आधार तयार पार्न सक्नुपर्छ।लगभग दुईतिहाईको वर्तमान सरकार संग यि माथि भनिएका आर्थिक प्यारामिटरहरुलाई सहि ठाउंमा ल्याउन सक्ने अवसर छ यसलाई सदुपयोग गर्नसक्ने नीति कार्यक्रम र त्यस उन्मुख बजेट वनाउन जरुरी छ । नेपालको अर्थतन्त्र…
महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणको जिम्मा पाएको कम्पनी कुमार–सिएफइसी जेभीले दायर गरेको रिटमा आज उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सो कम्पनीले गत शुक्रबार सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय र लक्ष्मी सनराइज बैंकलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेको थियो । आज उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले सडक सुधार तथा विकास आयोजना निर्देशनालय काठमाडौँबाट लक्ष्मी सनराइज बैंक लिमिटेडलाई कार्यसम्पादन जमानत र धरौटीबापत् रिटन्सन भनी सम्बन्धित रकम जम्मा गराइ दिनेसम्बन्धी कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम…
महेन्द्रनगर । पश्चिमपाटी पत्रिकाको आयोजनामा एजुकेशन एक्स्पो २०८३ आयोजना हुने भएको छ । आगामी जेठ ९ र १० गते महेन्द्रनगरमा सञ्चालन हुने एक्स्पोमा जिल्लाका विभिन्न शैक्षिक संस्था, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । विद्यार्थी, अभिभावक तथा शिक्षकलाई शिक्षा, करियर र सीप विकाससम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । एक्स्पोमार्फत विद्यार्थीलाई आफ्नो रुचि र क्षमता अनुसार उचित शैक्षिक तथा करियर मार्ग छनोट गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, विद्यार्थी–अभिभावक प्यालन छलफल, छात्रवृत्ति तथा अध्ययन अवसरसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन…
विद्यालय शिक्षा राष्ट्र निर्माणको मुख्य आधारशिला हो । यो बालबालिकाको समग्र व्यक्तित्व विकास, सामाजिक न्याय र आर्थिक समृद्धिको प्रमुख माध्यम पनि हो । नेपाल जस्तो विविधतापूर्ण मुलुकमा गुणस्तरीय र समावेशी शिक्षाले मात्र सबैलाई समान अवसर सृजना गर्न सक्छ । तर वर्तमान अवस्थामा विद्यालय शिक्षाको गुणस्तर सुधार एक ठूलो चुनौती बनेको छ । भौतिक पूर्वाधारको अभाव, शिक्षकको क्षमता विकास, अभिभावकको सक्रियता, विद्यार्थीको मेहनत र राज्यको प्रभावकारी नीति कार्यान्वयन बीचको समन्वय बिना यो चुनौतीको समाधान सम्भव छैन । नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क गरिएको छ भने माद्यमिक तह…
नेपालको ग्रामीण क्षेत्र आज एउटा चिन्ताजनक चित्र प्रस्तुत गर्दै छ युवा विदेशिएका, गाउँ रित्तिएका र कृषियोग्य भूमि बञ्जर बन्दै गएका छन्। गत बर्ष २०२५ मा मात्रै करिब १६ लाख ५० हजार भन्दा बढी नेपाली नागरिक आफ्नो र परिवारको सुन्दर भविष्यको कल्पना गर्दै विदेश पलायन भएका थिए, जसमध्ये ठूलो हिस्सा युवाहरुको थियो। रेमिट्यान्सले जीडीपीको करिब २३ देखि २५ प्रतिशत सम्म योगदान दिइरहेको छ, तर यो आर्थिक “आशीर्वाद” को अर्को पाटो भने अत्यन्त डरलाग्दो छ। गाउँमा युवा शक्ति नहुँदा कृषि उत्पादन घट्दै छ, खेतीयोग्य जमिन बाँझो बन्दै छ र सामाजिक संरचना नै खण्डित हुँदै छन, यहां सम्म कि गाउंमा आफन्त मर्दा मलामी…
कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिकाले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई प्रेस ज्याकेट र प्रेस क्याप हस्तान्तरण गरेको छ ।आज मंगलबार भीमदत्तनगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी तथा प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले संयुक्त रुपमा महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश धामी र सचिव कुन्दन पाण्डेयलाई प्रेस ज्याकेट तथा क्याप हस्तान्तरण गरेका हुन् ।भीमदत्तनगरपालिकाको आर्थिक सहयोगमा महासंघलाई १०० थान प्रेस ज्याकेट र १०० थान प्रेस क्याप उपलब्ध गराइएको महासंघ अध्यक्ष धामीले जानकारी दिए । पत्रकारहरुको पहिचान, पेशागत सुरक्षा तथा समाचार संकलनका क्रममा सहजताका लागि उक्त सामग्री सहयोग गरिएको जनाइएको छ ।नगर प्रमुख पदम बोकटीले पत्रकारहरु समाजका महत्वपूर्ण…
महेन्द्रनगर । कञ्चनपुरमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।पश्चिमपाटी मिडियाले आयोजना गरेको प्रतियोगिताको शुक्रबार कञ्चनपुर जिल्ला अदालतका मुख्य न्यायधीश राजेन्द्र भण्डारीले मुख्य रेफ्रिलाई कर्क हस्तान्तरण गरेर उद्घाटन गरे । प्रतियोगितामा बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिए । कञ्चनपुर स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रख्यात बाह्रसिंगाको प्रवद्र्धन गर्नका लागि पहिलो पटक सुदूरपश्चिम प्रदेश स्तरीय बाह्रसिंगा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको उनले बताए ।“कैलाली,कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट ८० वटा टीम सहभागी भएका छन ।” उनले भने–“खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रख्यात बाह्रसिंगाको प्रवद्र्धन…
महेन्द्रनगर । हातखुट्टा बाधेर नाबालक कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक जनालाई पक्राउ गरेको छ ।बिहिबार बेदकोट नगरपालिका –५ स्थित पोलखरीका ११ वर्षिया राजेश भण्डारीलाई कुटपीट गरेको आरोपमा सोहि स्थानका ३७ वर्षिया भोज नाथलाई प्रहरी नियन्त्रणमा लिएको हो । तरकारी बारीमा क्रिकेट बल खोज्न गएको अवस्थामा डोरीले हातखुट्टा बाधी कुटपीट गरेको अवस्थामा स्थानीयले उद्धार गरेर प्रहरीलाई खबर गरेपछि प्रहरीले कुटपीटमा संलग्न नाथलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेम वहादुर शाहीले जानकारी दिए । प्रहरीले नाथलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कञ्चनपुरबाट सात दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीका अनुसार पीडित बालकका मावलीका हजुरआमा…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
