Author: पश्चिमपाटी
महेन्द्रनगर । कञ्चनपुरमा वाई–वाई यू–१९ जिल्ला छनौट प्रतियोगिता सुरु भएको छ। कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा बुधबारदेखि महेन्द्रनगरस्थित कवर्डहलको खेल मैदानमा प्रतियोगिता सञ्चालनमा आएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द, सुदूरपश्चिम प्रदेश सचिव लक्ष्मण भट्ट, जिल्ला सचिव विशाल सोनार, संघका सल्लाहकार दीपक चालिसे तथा माया रावत साउँद लगायत संघका पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो । जिल्लास्तरीय उक्त प्रतियोगितामा जिल्लाभरिका ६ वटा एकेडेमी तथा क्लबहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । उद्घाटन खेलमा होली फेमली क्रिकेट एकेडेमी र फार्वेष्टन क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा होली फेमली क्रिकेट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै…
महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपालले बुधबार बिहान सुदूरपश्चिम प्रदेशमा पहिलो पटक अन्र्तराष्ट्रिय आरोग्य दिवस मनाएको छ ।सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयले विभिन्न योग तथा ध्यान कार्यक्रमको आयोजना गरी अन्र्तराष्ट्रिय आरोग्य दिवस मनाएको हो ।बैद्यनाथ बाहिनीका निमित्त बाहिनिपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग बिजय सुवेदीले उद्घाटन गरी सुरु भएको कार्यक्रममा बाहिनी मुख्यालय तथा अन्य कार्यालयहरुबाट दुई सय जना भन्दा बढी कर्मचारीहरु सहभागी थिए ।जिवन बिज्ञान प्रतिष्ठान काठमाण्डौ र झापाबाट आउनुभएका योग गुरुहरु केदारमान कार्की र विश्वनाथ भट्टराईले योग गराएको आरोग्य दिवसको बुधबार बिहान ७ बजे देखि ९ बजेसम्म सञ्चालन गरिएको थियो ।नेपालको प्रस्तावमा संयुक्त राष्ट्र संघले…
सुदुरपश्चिम प्रदेशमा मनाइने विशु पर्व नेपालको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा नयाँ वर्षको आरम्भसँग जोडिएको एक मौलिक तथा रमाइलो सांस्कृतिक चाड हो। यो पर्व मुख्य रूपमा वैशाख १ गते (नेपाली नयाँ वर्षको दिन) मनाइन्छ , बिशु पर्वको नाम विशाखा नक्षत्र बाट आएको मानिन्छ। वैशाख महिनाको पहिलो दिनलाई यसै कारण विशु भनिन्छ कतिपय ठाउंमा स्थनीय भाषामा यसलाई विषुवत संक्रान्ति, बिष्पती वा बिशु संन्क्रान्ति भनेर पनि भनिन्छ, पौराणिक किंवदन्ती अनुसार यो पर्व हिन्दू सम्राट विक्रमादित्य को जन्मोत्सव र पराक्रमको खुसीयालीमा मनाइन्छ भने अर्को विश्वास अनुसार सूर्यले पृथ्वीको परिक्रमा पूरा गरेको दिनको रूपमा पनि यो मनाइन्छ। नेपाल बाहेक भारतका केही भागमा यसलाई बैशाखी को नामले…
महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले नयाँ वर्ष २०८३ सालको आफ्नो वार्षिक क्यालेन्डर विमोचन गरेको छ ।बिहिबार संघको सभाहलमा आयोजित एक कार्यक्रमको आयोजना गरी क्यालेन्डर विमोचन गरेको हो । संघका अध्यक्ष दिनेश मल्ल कार्यक्रमका प्रमुख अतिथि संघका पूर्व अध्यक्ष यज्ञराज भट्ट पूर्वअध्यक्षहरु ऋषिराज खरेल,हेमराज पाण्डेय,जंग वहादुर मल्ल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा क्यालेन्डर विमोचन गरिएको हो । क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै संघका अध्यक्ष दिनेश मल्लले क्यालेन्डर व्यवसायीका लागि उपयोगी बन्ने बताउनुभयो । “व्यवसायीले भित्तामा हेर्दा मेरो संस्था छ भनेर गर्भ गरोस ।” उहाँले भन्नुभयो–“दैनिक गतिविधि, सामाजिक तथा व्यावसायिक गतिविधिमा महत्वपूर्ण सहयोग पुग्छ ।” क्यालेन्डरमा जिल्लाका प्रमुख पर्यटकीय स्थल, धार्मिक स्थल तथा…
महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहिबार साझ कृष्णपुर नगरपालिका–१ स्थित पहरीया– कुमगडा भित्रि कच्ची सडक खण्डमा से.१.ज. २९० नम्बरको जीप र्दुघटना हुँदा जीपमा सवार आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का ६० वर्षिया नन्दराम पार्की र सोहि स्थानका ६२ वर्षिया कमला देवी बोहरा रहेका छन ।त्यसैगरी कृष्णपुर नगरपालिका–१ का जीप चालक २४ वर्षिया अर्जुन साउँद गम्भीर घाइते भएका छन । प्रहरीका अनुसार साउँदको शरीर र टाउकोमा चोट छ । घाइते हुनेमा सोहि स्थानका…
महेन्द्रनगर । अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि तीन विश्वविद्यालय बीच त्रिपक्षीय समझदारी (एमओयू) भएको छ ।बुधवार महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय,मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको विश्वविद्यालयका सुचना अधिकारी नवीन वहादुर बमले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा. देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गर्दै आपसी सहकार्यलाई औपचारिकता दिएका हुन । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्राडा. विनोद लेखकले समझदारीले विश्वविद्यालयबिचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने…
मर्यादा पुरुषोत्तम रामको कथा वर्णन गर्ने र रामको जीवन पद्धति सिकाउने पुस्तकनै रामायण हो । मूलत: रामायणलाई हिन्दु ग्रन्थ मानिए तापनि हरि अनन्त हरिकथा अनन्ता भने जस्तै यो ग्रन्थ हिन्दुहरुमा मात्र सिमित छैन । यो ग्रन्थ सबै धर्महरु भन्दा माथि रहेको छ र सबै धर्मका धर्मावलम्बिहरुले सहजरुपमा ग्रहण गरेका छन् तसर्थ गैह्र हिन्दु धर्मावलम्बीहरुले समेत यो ग्रन्थले दिने ज्ञानलाई जीवन पद्धतिको रुपमा आफ्नो जीवनमा लागु गर्ने प्रयास गरेका छन् । रामायणमा वर्णन गरिएका क्षेत्रहरु हिमालय पर्वतको साथै हाल नेपाल, भारत लगायत श्रीलंकामा पर्दछन् तथापी रामायणको प्रभाव क्षेत्र मध्य एसिया देखि दक्षिण पूर्वी एसिया, चीन, जापान र मंगोलिया सम्म पर्दछ ।…
नेपालको अर्थतन्त्रले हाल बाह्य क्षेत्रमा बलियो स्थिरता देखाएको छ, तर आन्तरिक लगानी र उत्पादनशील क्षेत्र मा सुस्ती कायम छ । नेपाल राष्ट्र बैंकले २०८२/८३ को आठ महिना (मध्य-जुलाई २०२५ देखि मध्य-मार्च २०२६) को तथ्यांकमा आधारित “वर्तमान आर्थिक तथा वित्तीय स्थिति” प्रतिवेदन अनुसार समग्र सूचकहरू सन्तोषजनक छन्, तर संरचनागत चुनौतीहरू अझै कायम छन् । वर्तमान आर्थिक अवस्था : स्थिरता तर संरचनागत कमजोरी नेपाल राष्ट्र बैंकको चैत २०८२ को तथ्यांक अनुसार अर्थतन्त्रले बाह्य क्षेत्रमा उल्लेखनीय स्थिरता कायम गरेको छ । उपभोक्ता मूल्यवृद्धि ३.६२ प्रतिशत (वार्षिक) मा सीमित छ, जुन लक्ष्यभन्दा निकै कम हो । विदेशी मुद्रा सञ्चिति ३ खर्ब ४१३ अर्ब रुपैयाँ…
महेन्द्रनगर । लामो समयदेखि अवरुद्ध रहेको महाकाली सिचाइ व्यवस्थापन अन्तर्गतको नहरमा डेढ वर्षपछि पुनः पानी सञ्चालनमा आएको छ ।कञ्चनपुरको बेलडाडी र शिवनरमा क्षेत्रमा बाढीले मुल नहर भत्काएपछि डेढ वर्षदेखी सिचाइ सेवा अवरुद्ध रहेको थियो । नहर भत्किएर अवरुद्ध भएपछि यहाँका किसान सिचाइ सुविधाबाट वञ्जित भएका थिए । महाकाली सिचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले भत्किएको नहर निमार्ण सम्पन्न गरेपछि नहरमा पानी सञ्चालनमा आएको छ । नहर अवरुद्ध हुँदा सिचाइ समस्या झेल्दै आएका यहाँका किसानलाई राहत मिलेको स्थानीय मिलन थापाले बताउनुभयो । “नहरमा पानी नआउँदा धेरै नै समस्या भएको थियो ।” उहाँले भन्नुभयो–“यस पटक सिचाइ गर्न सहज हुन्छ ।” नहर जीर्ण हुँदा विभिन्न…
महेन्द्रनगर । लामो समयदेखि निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका विभिन्न सडक आयोजनाका ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । पूर्वाधार विकास कार्यालय र डिभिजन सडक कार्यालय महेन्द्रनगरले लामो समयदेखि अलपत्र रहेका तथा पटक पटक मौखिक र लिखित ताकेता गर्दासमेत बेवास्ता गरी हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएका सडको ठेक्का तोड्ने प्रक्रिया सुरु भएको हो । कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीले लामो समयदेखी अलपत्र रहेका सडक योजना सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानून बमोजिम ठेक्का अन्त्य गर्न लागेको…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
