Author: पश्चिमपाटी
काठमाडौं: नेपाली कांग्रेसमा समानुपातिकतर्फका उम्मेदवारको सूची तयार गर्ने क्रममा पार्टीभित्र समूह सन्तुलन मिलाउन संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव अघि सारेको छ। उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेका बेला सभापति शेरबहादुर देउवा पक्षबाट ६० प्रतिशत र गगन थापा तथा शेखर कोइराला समूहबाट ४० प्रतिशत समेट्ने प्रस्ताव गरिएको हो। यद्यपि उक्त प्रस्तावलाई महामन्त्री गगन थापासहित सम्बन्धित समूहले औपचारिक रूपमा स्वीकार गर्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताएका छन्। कांग्रेसमा यसअघिदेखि नै समूहगत भागबन्डाको अभ्यास रहँदै आएको छ। समानुपातिकतर्फ उम्मेदवारी दर्ता गर्ने सोमबार अन्तिम दिन रहेकाले दलहरू सूची बुझाउन अन्तिम तयारीमा जुटेका छन्। यसैबीच, कांग्रेसका शीर्ष नेताहरू ११०…
अत्तरिया: कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) धनगढी सार्न थालिएको विरोधमा स्थानीयले डीडीसी अत्तरिया र गोदावरी नगरपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरेका छन्। डीडीसी अत्तरियाबाट सार्न नहुने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका स्थानीयले एकाएक डीडीसीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै काम रोकेका हुन्। स्थानीयले उपकरण सार्न ल्याइएका क्रेन र ट्रकसमेत फिर्ता पठाएका छन्। स्थानीय तारा देवी महराले विगत एक वर्षदेखि डीडीसी अत्तरियाबाट नसराओस् भन्दै संघर्ष गर्दै आएको भए पनि जानकारी नै नदिई रातारात सार्ने काम सुरु गरिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताइन्। उनले डीडीसीको उत्पादन कक्षमै तालाबन्दी गरिएको जानकारी दिइन्। त्यस्तै स्थानीय गीता चौधरीले डीडीसीको…
१४ पुस, काठमाडौं । पुराना राजनीतिक दलहरूको शासकीय अव्यवस्थाकोविरुद्ध आवाज उठाउँदै संगठित रुपमा उदाएका तीनवटा नयाँ राजनीतिक शक्तिबीच पार्टी एकता भएको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग काठमाडौंका मेयर बालेन्द्र शाहको समूहले एकता गरेको एकदिनपछि सोमबार कुलमान घिसिङ संलग्न रहेको उज्यालो नेपाल पार्टी पनि एकता प्रक्रियामा जोडिएको छ । रास्वपा र उज्यालो नेपाल पार्टीबीच पनि एकता भएपछि अब पुरानाहरुको विररुद् उठेको आवाज करिब एक ठाउँमा संगठित भएको छ । यसअघि नै विवेकशील साझा पार्टी रास्वपामा मिलिसकेको थियो । जेनजी आन्दोलनका केही अगुवाहरू पनि रास्वपामा प्रवेश गरिसकेका थिए । जेनजी आन्दोलनमा संलग्नहरूको समेत राजनीतिक, नैतिक र भौतिक समर्थन तीनवटा…
कुलमान घिसिङलाई उपसभापति बनाउनेगरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदैछ ।
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
