Author: पश्चिमपाटी
महेन्द्रनगर, २० पुस : सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गर्नुभयो । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च…
बैतडी, १९ पुस : रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उहाँले जानकारी दिनुभयो । मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही…
२०८२ भाद्र २३ र २४ ,(२०२५) को सेप्टेम्बर) मा जेन-जी युवाहरूको नेतृत्वमा भएको भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाईएको प्रतिबन्धको विरोधमा भएको आन्दोलनले नेपालको राजनीतिमा तरंग मात्रै होईन भूकम्प नै ल्यायो। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका आरोपहरूले उब्जिएको आक्रोशले नेपाली कांग्रेस र एमाले गठबन्धनको तत्कालीन केपी शर्मा ओली सरकार स्वतस् आफै पद त्याग्न तयार भयो। दर्जनौंको ज्यान जाने र अर्बौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीहरुको आगजनी, तोडफोड तथा लुटपात सहितको अकल्पनिय हिंसापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार गठन भयो र फागुन २१, २०८२ ९मार्च ५, २०२६० मा आम निर्वाचन घोषणा गरियो। १९९० देखि २०२४ सम्म नेपालमा ३६ पटक सरकार परिवर्तन भएको छ,…
महेन्द्रनगर, १७ पुसः नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारती पक्षले वास्ता गरेको छैन् । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहरसमेत तयार भइसकेकाले पानी माग गर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको…
काठमाडौँ, १६ पुसः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश…
काठमाडौँ : गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ । सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले भोग्ने तनाव, एन्जाइटी र डिप्रेसन जस्ता समस्या समयमै पहिचान हुन सकेका छैनन् । यसको असर आमा मात्र होइन, बच्चा र समग्र परिवारमा समेत पर्न थालेको छ । एक ३४ वर्षीया महिलाको दुईपटक गर्भपतन भइसकेको थियो । यही कारण यसपटकको गर्भावस्थामा उहाँ अत्यन्तै मानसिक दबाबमा हुनुहुन्थ्यो । ‘अहिले त जसरी पनि बच्चा हुनैपर्छ’ भन्ने सोचले उहाँलाई…
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ ।इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ । एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ ।सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ । नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ…
पौराणिक महाकाव्य महाभारत अनुसार महाभारतको युद्ध हुँदा सबैभन्दा युवा महारथी अभिमन्यु पौराणिक जेन-जी थिए र चक्रव्यूहको अर्धज्ञानको कारण अल्पायुमै वीरगति प्राप्त गरे । अभिमन्यु संग असीमित उर्जा थियो, साहस थियो, युद्ध कौशल थियो, हतियार थियो, सेना थियो तर यौटै कुराको कमि थियो त्यो हो चक्रव्यूह भेदन पश्चातको मार्ग चित्र । त्यस्तै सत्तापलट गर्न सक्षम जेन-जी क्रान्ति पश्चात हाम्रा जेन-जीहरु संग न कुनै स्पष्ट योजना छ, न कुनै ज्ञान र अनुभव । यस्तो राजनैतिक कुइरीमण्डलमा फेरी पनि जेन-जी क्रान्तिको उपलब्धी अभिमन्युको मृत्यु जस्तो हुने त होइन ? भन्ने संसय खडा भएको छ किनकि शकुनी र दुर्योधन जस्ता कपटी राजनैतिक महारथीहरू टाउको…
विसन देव जोशी पुस १५ नेपाली समाजमा जाडो यामको मध्यभागमा पर्ने एक महत्वपूर्ण सांस्कृतिक पर्व हो। विशेषतः सुदूरपश्चिम प्रदेशमा यो दिनलाई मौलिक परम्परा, खानपान र सामुदायिक एकतासँग जोडेर विशेष रूपमा मनाइन्छ। स्थानीय भाषामा “पुस पन्ध्र वा पुस्या पन्ध्र वा ठुली रात” भनेर चिनिने यस पर्वले सुदूरपश्चिमी समाजको जीवनशैली, स्वास्थ्य चेतना र सामाजिक सम्बन्धलाई प्रतिबिम्बित गर्छ।यो पर्व सुदूरपश्चिमको मौलिक लोकसंस्कृतिको पहिचान बोकेको उत्सव हो, जसमा वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासका साथ रातभर जाग्राम बस्ने, दन्त्यकथा सुनाउने र मीठा परिकार खाने चलन छ। यो दिन उत्तरायणको सुरुआत मानिन्छ, जसले दिन लामो र रात छोटो हुँदै जाने सङ्केत गर्छ।
भुटानका २२ वर्षीय बायाँ हाते स्पिनर सोनाम यशेले टी-२० क्रिकेटकमा विश्व कीर्तिमान हासिल गरेका छन्। उनी एउटै टी-२० खेलमा ८ विकेट लिने संसारकै पहिलो बलर बनेका छन्। चाहे त्यो अन्तर्राष्ट्रिय खेल होस् वा अन्य कुनै घरेलु खेल, ८ विकेट लिने कीर्तिमान सोनामको नाममा दर्ता भएको हो। भुटानको गेलेफुमा म्यानमा विरुद्ध भएको खेलमा सोनामले मात्र ४ ओभर बलिङ गरेर ७ रन खर्चिदै ८ विकेट लिए। भुटानले सुरुमा ब्याटिङ गर्दै १२७ रन बनाएको थियो। जवाफमा म्यानमारको टोली सोनामकै घातक बलिङका कारण मात्र ४५ रनमा अलआउट भयो। जारी प्रतियोगितामा उनले ४ खेलमा १२ विकेट लिइसकेका छन् र अन्तिम खेल सोमबार हुनेछ। यसअघि पुरुष…
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
