२०८२ भाद्र २३ र २४ ,(२०२५) को सेप्टेम्बर) मा जेन-जी युवाहरूको नेतृत्वमा भएको भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाईएको प्रतिबन्धको विरोधमा भएको आन्दोलनले नेपालको राजनीतिमा तरंग मात्रै होईन भूकम्प नै ल्यायो। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका आरोपहरूले उब्जिएको आक्रोशले नेपाली कांग्रेस र एमाले गठबन्धनको तत्कालीन केपी शर्मा ओली सरकार स्वतस् आफै पद त्याग्न तयार भयो।
दर्जनौंको ज्यान जाने र अर्बौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीहरुको आगजनी, तोडफोड तथा लुटपात सहितको अकल्पनिय हिंसापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार गठन भयो र फागुन २१, २०८२ ९मार्च ५, २०२६० मा आम निर्वाचन घोषणा गरियो। १९९० देखि २०२४ सम्म नेपालमा ३६ पटक सरकार परिवर्तन भएको छ, जसमा १५ जना फरक प्रधानमन्त्री बनेका छन्। यसले जनतामा राजनीतिक प्रणालीप्रति नै अविश्वास बढाएको छ। त्यसैले कतिपय नवयुवाहरुको आवाज निर्वाचन पुर्व संविधान संसोधन हुनुपर्ने पनि रहेको छ तर अहिलेको अबस्था हेर्दा संविधान संसोधनको मुद्धाले प्राथमिकता पाएको देखिदैन तथापी यो निर्वाचन नेपालको इतिहासमा निर्णायक बन्न सक्छ, निर्वाचन आयोगका अनुसार हाल आगामी निर्वाचनका लागी ११४ दलहरू दर्ता भएका छन्, जसमध्ये दुई दर्जन भन्दा बढी नयाँ छन्, जो जेन-जी आन्दोलनबाट जन्मिएका तथा प्रभावित भएर गठन भएका देखिन्छन। १ करोड ८९ लाखको हाराहारीमा आगामी निर्वाचनमा मतदाता सहभागी हुँदैछन्, जसमध्ये लाखौं पहिलो पटक मत हाल्ने युवाहरु हुनेछन् र यिनै युवाहरु मा नयां दलहरुको भविष्य टिकेको छ ।६४ दलहरूबाट ३,४२४ उम्मेदवारहरूले समानुपातिकतर्फबाट प्रतिस्पर्धा गर्दैछन्। यो निर्वाचन जेन-जी आन्दोलनको ऊर्जालाई मतपेटिकामा रूपान्तरण गर्ने परीक्षा समेत हो।
पुराना दलहरू विशेष गरी नेपाली काँग्रेस, एमाले, तत्कलिन माओवादी र समाजवादी (हालको एकिकरण पश्चातको नेपाली कम्युनिष्ट पार्टी)को एकाधिकार तोड्ने प्रयासमा नयाँ शक्तिहरू पनि एक आपसमा गठबन्धन गर्दै बलियो शक्तिका रुपमा उदाइरहेका छन्।
नयाँ गठबन्धनको उदय : रवि-बालेन-कुलमानको त्रिकोण
नेपाली राजनितीले तव एउटा यस्यो मोड समात्यो जब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने धरौटीमा जेल मुक्त भए संगै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र काठमाडौं महानगर मेयर बालेन्द्र शाह (बालेन) बीचको एकता भयो ,यसले राष्ट्रिय राजनितीमा एउटा तरंग पैदा गर्यो, यो यात्रा यति मै रोकिएन यसमा उज्यालो नेपालका संरक्षक कुलमानको सहभागिताले यो अब आगामी निर्वाचनका लागी बलियो शक्तिका रुपमा उदाएको छ । हुन त कतिपयले पद र सत्ताका लागी भएको गठबन्धन लामो समयसम्म नटिक्ने भविष्यवाणी समेत गरिरहेका छन तथापी हाललाई युवाहरुको रुझान भएको एउटा बलियो शक्तिका रुपमा यसलाई नकार्न सकिदैन। यो गठबन्धन वाहिर हेर्दा भ्रष्टाचार अन्त्य, सुशासन र रोजगारीका मुद्दामा केन्द्रित छ जुन जेन-जी आन्दोलनको मूल मागहरू पनि हुन, यसर्थ यो गठबन्धन प्रति युवा आकर्षण देखिएको हो । यसले गर्दा पुराना दलहरू दबाबमा छन, चुनाव नजिकिदै जांदा ठुला दलहरु वीच गठबन्धन भए अन्यथा मानिने छैन किन की आगामी निर्वाचन नायं र पुराना दुबैको लागी अस्तित्व र प्रतिष्ठाको लडाईं पनि बनेको छ।
धरातलीय सम्बन्ध : युवा आक्रोश नै आधार
यो नयाँ गठबन्धनको जग जेन-जी विद्रोहको ऊर्जा हो। बेरोजगारी, भ्रष्टाचार र पुराना नेताहरू प्रतिको वितृष्णाले युवाहरू एकजुट भएका हुन तथापी युवाहरुमा पनि एकले अर्कोलाई सहजै नेताका रुपमा स्वीकार्ने संयमता र धैर्यताको अभाव छ , सबै आफु मात्रै अब्बल रहेको र आफु मात्रै समस्या सामाधान गर्न सक्ने मनोरोगबाट ग्रसित पनि छन। बालेन र रविको लोकप्रियता ९एक पूर्व ¥यापर(मेयर, अर्का पूर्व टिभी होस्ट० ले यो सम्बन्धलाई जनतासँग जोड्छ, यदि सफल भयो भने नेपालमा युवा नेतृत्वको नयाँ युग सुरु हुन सक्छ, तर सम्बन्ध र गठबन्धन जोगाई राख्न पनि त्यतिकै जोखिम छ र यसले भविष्यमा देशलाई स्थिरता तिर लैजान्छ की अस्थिरताको भुमरीमा यो भविष्यले नै तय गर्नेछ , अहिले लाई यति अवश्य भन्न सकिन्छ की फाल्गुण २१ को मतपेटिकाले नै नेपालको भविष्य निर्धारण गर्नेछ। परिवर्तनको आशा युवाहरूसँग छ तर अब हेर्न बाँकी छ, यो आशा मतमा रूपान्तरण हुन्छ कि हुँदैन र मत नयां दलमा केन्द्रित हुन्छ की पुरानै धारमा खस्छ यो यसै भन्न सकिने अबस्था छैन तर राजनितीक शक्ति संतुलनमा उथलपुथल अवश्य हुनेछ। यसै विच पुराना दलहरुमा पनि युवा नेताहरुले आ-आफ्नो दल भित्र अन्तरसंघर्ष गरिरहेको अबस्था छ यदि पुराना दलहरु पनि युवाको नेतृत्व स्वीकार्दै युवाहरुको आकर्षण बन्न सकेमा फेरि पनि पुराना दलहरुको विरासत नयांहरुले सहजै लिन सक्नेछैनन् , पुरा दलहरुको संगठन जति बलियो छ युवाहरुको आक्रोस पनि पुराना दलहरु संग त्यत्तिकै छ ,त्यसैले आत्मालोचना सहित नयां नेतृत्वमा जानु नै पुराना दलहरुको लागी उत्तम बिकल्प हो तर यथार्तमा त्यो देखिदैन , अझै पनि उनिहरुमा आत्मग्लानीबोध भएको आभास दिदैन ।चुनाव आउन अब ६३-६४ दिन मात्रै बांकी रहेको अबस्थामा सबै भन्दा ठुलो दल नेपाली कांग्रेस आन्तरिक कलहमा अल्झिएको छ ,
चुनाव अघि माहधिवेशन की चुनाव पछि महाधिवेशन को बेतुक वहसमा आफुलाई अल्झाउनु भन्दा युवा नेता गगन विश्व मध्ये एकलाई भावि प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर चुनावी प्रचारको वागडोर पनि युवाहरु कै कांधमा दिनेहो भने सबै भन्दा बलियो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस अझै पनि आशाको केन्द्र बन्न सक्छ तर लक्षण त्यो अनुरुप देखिदैन, यसै गरि एमाले जसको संगठन सबै भन्दा बलियो छ उसले हालसालै महाधिवेशन बाट ओली लाई पुनस् अनुमोदित गरेको छ र अब ओली कै कमाण्ड र महेश बस्नेतको रोडम्यापमा एमाले चुनावमा होमिने निश्चित छ र एमाले ले जेन-जी विद्रोहलाई सहज रुपमा लिएको छैन , एमाले र जेन-जी को प्रतिस्पर्धा सांच्चै रोचक बन्ने निश्चित छ ।पछिल्लो दुई दशकमा नेपाली राजनितीको केन्द्रमा रहेको तत्कालिन माओवादी अध्यक्ष प्रचण्ड शक्ति संचय र गठजोडको राजनितीका लागी अरु समकालिन नेता भन्दा भिन्न छन तसर्थ उनि कहिले को संग गठबन्धन गर्छन यकिन छैन तर उनि आउदो चुनावमा एक्लै भन्दा पनि गठबन्धन मै चुनावमा होमिनेछन र पहिलो प्राथमिकता मधेशवादी दल नै हुनेछन , त्यसो त नेपाली कांग्रेस र एमाले संगको गठबन्धन पनि नकार्न सकिदैन, तर अहिले कै अवस्थामा नेपाली कांग्रेस भित्र गठबन्धन बिरोधी धार बलियो रहेकाले नेपाली कांग्रेस चुनावमा एक्लै जाने सम्भावना बढि छ ।
निष्कर्षस् भविष्यको दिशा
नेपालको राजनीतिक अन्योलता निर्वाचनपछि मात्र समाप्त हुने देखिन्छ। नयाँ गठबन्धनहरूले पुराना दलहरूको एकाधिकार तोड्ने प्रयास गर्दैछन्, तर धरातलीय सम्बन्ध युवा अपेक्षा र आर्थिक सुधारमा निर्भर छ। नेपालमा युवा-केन्द्रित राजनीतिको नयाँ युग सुरु भएको मान्न सकिन्छ, तर जनताको मत बदलिएन भने यहि अबस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन कठिन देखिन्छ जसले गर्दा सहजै नेपालको अस्थिर राजनितीले स्थिरताको बाटो समाउने कल्पना गर्न त सकिएला तर सार्थकता पाउनेमा शंका नै शंका छ। अन्ततः मतदाताले नै यो अन्योलताको अन्त्य गर्नेछन्।

