महेन्द्रनगर । जोगबुढा नदीमा तटबन्ध निमार्ण भएपछि बाढीबाट प्रभावित हुँदै आएको कुतियाकवर सुरक्षित बनेको छ ।
वर्षौदेखी बाढीको समस्या झेल्दै आएको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवर स्थित जोगबुढा नदीमा आठ सय मिटर लामो तटबन्ध निमार्ण भएपछि बस्तीमा बाढीको त्रास हटेको छ ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर हरेक वर्ष जोगबुढा नदी र महाकाली नदीको बाढीबाट प्रभावित हुदै आएको थियो । वर्षायाममा डुबानबाट विस्थापित हुने यहाँका स्थानीयले जोगबुढा नदीमा तटबन्ध निमार्णपछि सुरक्षित महशुस गरेका छन । गत आर्थिक वर्षमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले जोगबुढा नदीमा आठ सय १६ मिटर लामो तटबन्ध निमार्ण गरेपछि बस्ती सुरक्षित बनेको यहाँका स्थानीय बताउँछन ।
यहाँका स्थानीय खडक बुढाले यहाँ तटबन्ध निमार्णपछि बस्ती नै सुरक्षित बनेको बताउनुभयो । “विगतमा नदीको कटानले यहाँको विघौ जग्गा महाकाली नदीमा समाहित भइसकेको छ ।” बुढाले भन्नुभयो–“वर्षायाममा बाढीको डरले यहाँबाट दोधारा बसाइसथ्र्यौ अब तटबन्ध बनेपछि हामीलाई ठुलो राहत भएको छ ।” उहाँले यस पटक नदीमा तटबन्ध बनेपछि वर्षौदेखी झेल्दै आएको बाढीको पीडाबाट मुक्ति पाईने बताउनुभयो । “महाकाली नदीमा करिब चार सय मिटर तटबन्ध बन्न बाकिँ छ ।” उहाँले भन्नुभयो–“उक्त स्थानमा पनि तटबन्ध बने यहाँको डुबान र कटानको समस्याबाट मुक्ति पाइन्छ ।”
दोधारा चाँदनी नगरपालिका–१० का वडा अध्यक्ष चन्द्र वहादुर सिंहले जोगबुढा नदीमा तटबन्ध निमार्ण भएपछि कुतियाकवर बस्ती सुरक्षित बनेको जानकारी दिनुभयो । “तटबन्ध निमार्णले बस्ती सुरक्षित भएको छ,यहाँका स्थानीयलाई बाढी र डुवानको त्रास हटेको छ ।” वडा अध्यक्ष सिंहले भन्नुभयो–“जोगबुढामा अन्य स्थानमा पनि तटबन्ध निमार्ण हुदैँछ यसले यहाँको बाढीको समस्या हट्नेछ ।” उहाँका अनुसार विगतमा यो बस्ती बाढीबाट सबैभन्दा बढी प्रभावित हुँदै आएको थियो । उक्त बस्तीमा नेपाली सेनाले पनि सेफ हाउस निमार्ण गरेर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । वि.स.२०२२ सालदेखी बसोबास रहेको यो बस्तीमा डेढ सय परिवारको बसोबार रहेको थियो । महाकाली र जोगबुढा नदी बस्ती पस्न थालेपछि यहाँबाट एक सय घरपरिवार विस्थापित भएका छन । तटबन्ध निमार्णपछि पलायन रोकिए अपेक्षा स्थानीयको छ ।
सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाले कुतियाकवर स्थित जोगबुढा नदीमा तटबन्ध निमार्णका लागि गत चैत २५ मा रु पाँच करोड १६ लाख ६७ हजारमा शंकर कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार आठ सय १६ मिटर लामो तटबन्ध २०८२ चैत २५ भित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।
सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना महेन्द्रनगरका प्रमुख रञ्जन राज भट्टराईले उक्त स्थानमा तटबन्ध निमार्णपछि बस्ती सुरक्षित बनेको जानकारी दिनुभयो । उहाँले आयोजना कार्यालयबाट कञ्चनपुरमा महाकाली नदी,जोगबुढा,दोदा नदी र कैलालीको मोहना कुटिया लगायत विभिन्न नदी नियन्त्रणका काम भइरहेको बताउनुभयो । “गत आर्थिक वर्षमा ठेक्का सम्झौता भएको योजनाहरुको काम अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो–“यहाँका स्थानीयबाट नदी नियन्त्रणको माग धेरै आउँछ आयोजनासंग बजेट अभाव छ ।” गत आर्थिक वर्षमा स्रोत सहमति लिएर ठेक्का सम्झौता भएका काम सम्पन्न गर्न करिब १० करोड बजेट अपुग देखिएको छ । उक्त बजेट थपका लागि आयोजना कार्यालयले पक्रिया अघि बढाइसकेको जनाएको छ ।
दोधारा चाँदनी सुख्खा बन्दरगाह स्थल पुग महाकाली नदी छेउ छ लेनको पक्की सडक निमार्ण भएको छ । महाकाली नदीमा बनेका तटबन्ध कमजोर भएकाले मर्मत सम्भार गर्नुपर्ने भएपनि आयोजनासंग बजेट अभाव हुँदा मर्मत हुन सकेको छैन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

