Author: पश्चिमपाटी

काठमाडौँ, २९ पुस : तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन । यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको सुरुआती चरण बन्न सक्दछ । राष्ट्रिय स्वास्थ शिक्षा तथा सूचना केन्द्रका स्वास्थ्य प्रवर्द्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले युवामाझ हुक्का खाने प्रचलन बढ्दै गएको बताउनुभयो । उहाँले सुर्र्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ सार्वजनिक ठाउँमा हुक्का खानलाई प्रतिबन्ध गरे पनि…

Read More

ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ। ओमप्रकाश राईको भावपूर्ण संगीत र पेमा शेर्पा राईको सुमधुर स्वरले गीतलाई अझ मर्मस्पर्शा बनाएको छ।गीतमा एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा निकै कलात्मक रूपमा प्रस्तुत गरिएको छ। सार्वजनिक भएलगत्तै गीत श्रोतामाझ चर्चा पाउन थालेको छ।गीतमा सन्तोष प्रगाढ राईको एरेञ्ज, वीरेन्द्र भाट ‘विपिन’ को इडिटिङ तथा गोविन्द सोनीको मिक्सिङ–मास्टरिङ रहेको छ।यसअघि पनि गीतकार श्रीराम राईका केही गीत रेकर्ड भइसकेका छन्। शिला खनालले २०७५ मा राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै मनमा बि राईले २०७९ मा र नवराज…

Read More

महेन्द्रनगर : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।         गत मङ्सिर दोस्रो साता कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ महाकाली नदीको बगरमै झोपडी बनाएर आश्रय लिइरहेका चौधरी दम्पतीको काम दिनभर बालुवा र गिट्टी छान्ने हो । हरेक वर्ष हिउँदका बेला छ महिना नदीको बगरमा बसेर बालुवा गिट्टी छानेर बिक्री गरी घरयासी खर्च चलाउन थालेको चौधरीको दम्पतीको चार वर्ष भयो ।    “गरेर खाने बानी भयो ढुङ्गा, गिट्टी सारो मानेर के गर्नु,” मुस्कुराउँदै भजौरा डगौराले भन्नुभयो, “अरु बेला गाउँघरमा खेती किसानीमा समय सदुपयोग गरेर पनि हिउँदमा भने महाकालीको बगरमा आइहाल्छौँ ।” उहाँले मङ्सिरदेखि आगामी वैशाखसम्म बगरमै…

Read More

मान्छे लगायत पृथ्वीमा भएका सबै जीवजन्तुहरु प्रकृतिका सन्तान हुन्। पृथ्वीमा वा प्रकृतिमाजति अधिकार मान्छेको छ त्यतिकै अधिकार अन्य सबै जीवजन्तुको हुनुपर्छ ।मान्छे बाहेक अन्य सबै जीवजन्तु प्रकृतिमै रमाएका छन् । न कोहि धनी छ न कोहि गरिब छ वास्तविक साम्यवाद जीव जन्तुको संसारमा विस्तार भएको छ तर मान्छेले अन्य जीवजन्तुको अधिकार हनन गरेर भएपनि प्रकृतिको दोहन गर्दैकेवल मानवजातिको स्वार्थको लागि उपयोगगरिरहेको छ।अझ भनौं मानवजाति भन्दा पनि मान्छे आफैमा केन्द्रित भएको छ । आफ्नो निहितस्वार्थपूर्तिको लागि जे पनि गर्न तयार भएको छ ।शक्ति र पहुँच भएकाले पृथ्वीमा प्राप्त श्रोत र साधनमाथिको नियन्त्रण गर्दै आफुलाई धनी घोषित गरेका छन् भने उक्त नियन्त्रण…

Read More

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औं कार्यकारणी समितिको कोषाध्यक्ष र सदस्य पदका लागि शनिवार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।कोषाध्यक्षमा सिद्धराज भट्ट विजयी भएका छन । उनले ७१५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रदिप पाललाई पराजित गरेका हुन्। पालले ५४५ मत प्राप्त गरेका छन । सात जना सदस्य पदका लागि भएको निर्वाचनमा १३ जना प्रतिस्पर्धामा थिए । जसमध्ये सदस्य पदमा व्यवसायि जगदीश चन्द्र भट्टले सर्वाधिक मत प्राप्त गरेका छन । भट्टले ८८३ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै सरिता भण्डारीले ८६३ मत प्राप्त गरेकि छन । निरज गुप्ता ७२८ मत, कृष्ण राना ६८३ मत,…

Read More

महेन्द्रनगर, २० पुस : सशस्त्र प्रहरी बल नेपालको २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज बिहान कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट पूर्व–पश्चिम झण्डा मार्च सुरु भएको छ । रजत जयन्तीका अवसरमा पश्चिमी नाका गड्डाचौकीबाट राष्ट्रिय एकता, देशभक्ति र सुरक्षा चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सशस्त्र प्रहरी बलले झण्डा मार्च सुरु गरिएको सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाले जनाएको छ । आज बिहान कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीप पालले मार्च शुभारम्भ गर्नुभयो । सशस्त्र प्रहरी बलको भूमिकाबारे जनस्तरमा जानकारी गराउने र राष्ट्रप्रति समर्पणको भावना सुदृढ बनाउने लक्ष्यका साथ उक्त झण्डा मार्च…

Read More

बैतडी, १९ पुस : रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन विवरण प्राप्त नभए पनि हालै मृत्यु भएको खबर परिवारलाई दिइएको उहाँले जानकारी दिनुभयो । मृतक भाटको घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भएको थियो । सोही…

Read More

२०८२ भाद्र २३ र २४ ,(२०२५) को सेप्टेम्बर) मा जेन-जी युवाहरूको नेतृत्वमा भएको भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाईएको प्रतिबन्धको विरोधमा भएको आन्दोलनले नेपालको राजनीतिमा तरंग मात्रै होईन भूकम्प नै ल्यायो। सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारका आरोपहरूले उब्जिएको आक्रोशले नेपाली कांग्रेस र एमाले गठबन्धनको तत्कालीन केपी शर्मा ओली सरकार स्वतस् आफै पद त्याग्न तयार भयो। दर्जनौंको ज्यान जाने र अर्बौंको सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीहरुको आगजनी, तोडफोड तथा लुटपात सहितको अकल्पनिय हिंसापछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अन्तरिम सरकार गठन भयो र फागुन २१, २०८२ ९मार्च ५, २०२६० मा आम निर्वाचन घोषणा गरियो। १९९० देखि २०२४ सम्म नेपालमा ३६ पटक सरकार परिवर्तन भएको छ,…

Read More

महेन्द्रनगर, १७ पुसः नेपाल–भारतबीच महाकालीसन्धि भएको तीन दशक पूरा भइसकेपनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहरमा भने पानी बग्ने सुरसार छैन । महाकालीसन्धि अनुसार भारतले टनकपुर बाँधबाट सुक्खायाममा तीन सय क्युसेक तथा वर्षायाममा एक हजार क्युसेक पानी नेपालतर्फ पठाउनुपर्छ । भारतले टनकपुरबाट सन्धिअनुसारकै पानी छोडेमा उपयोग गर्ने गरी सिँचाइ पूर्वाधार केही हदसम्म तयार भएका छन् । दुई पटक टनकपुरबाट मूल नहरको परीक्षणका लागि पानी छाडिए पनि नियमित छाड्नेबारे भारती पक्षले वास्ता गरेको छैन् । यता महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल नहर बनिसकेको क्षेत्रसम्म केही शाखा नहरसमेत तयार भइसकेकाले पानी माग गर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना तेस्रो चरणको…

Read More

काठमाडौँ, १६ पुसः भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ ।आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ । टि–२० विश्वकपको ट्रफी पहिलोपटक नेपाल ल्याउन लागिएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश…

Read More