महेन्द्रनगर । पाचौँ भीमदत्त कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधी दोधारा चाँदनी नगरपालिकाले हात पारेको छ ।
शुक्रबार महेन्द्रनगर स्थित कवर्ड हलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा भीमदत्त नगरपालिकालाई १ विकेटले पराजित गर्दै दोधारा चाँदनीले उपाधी हात पारेको हो । टस जितेर ब्याटिङ्ग गरेको भीमदत्त नगरपालिकाले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १०६ रन बनाउन सक्यो । भीमदत्तका लागि नितेश विष्टले २४ रन र नरेन्द्र रानाले २४ रनको योगदान गरे । बलिङमा दोधारा चाँदनीका लब्बी भट्टले उत्कृष्ट बलिङ गर्दै ६ विकेट हात पारे । कैलाश सिंहले २ विकेट लिए ।
१०७ रनको लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दोधाराका साजन विटालुले सर्वाधिक ३३ रन तथा कैलाश सिंह साउँदले २९ रनको योगदान गरे । बलिङमा भीमदत्तका किरन चन्दले ४ विकेट र प्रकाश विष्टले २ विकेट हात पारे । उक्त खेलमा दोधारा चाँदनीका प्लेयर अफ द म्याच लब्बी भट्ट घोषित भए । प्रतियोगिताका प्लेयर अफ द टुनामेन्ट भीमदत्तका मिलन बोहरा,बेष्ट ब्याटर,पुनर्वासका प्रेम ओड,बेष्ट बलर दोधाराका लब्बी भट्ट र बेलौरीका धिरेन्द्र विष्ट ईमर्जिङ्ग प्लेयर घोषित भए ।
प्रतियोगितामा विजेता टोली दोधारा चाँदनीले रु १ लाख ७७ हजार ७७७ हजार नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । उप विजेता भीमदत्त नगरपालिकाले रु ७७ हजार ७७७ नगद सहित,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको समापन सहमारोहका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी र आयोजक कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र वहादुर चन्दले उक्त पुरस्कार विजेता र उपविजेजेता टोलीलाई हस्तान्तरण गर्नुभयो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

