कैलाली । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक बंशी राज दाहालले कञ्चनपुर जिल्लाको गड्डाचौकी र कैलाली जिल्लाको त्रिनगर नाकाको अनुगमन गरेका छन । अनुगमनका क्रममा अतिरिक्त महानिरीक्षक दाहालले सीमा सुरक्षा र राजश्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी कर्मचारी हरुलाई त्रुटिरहित तवरले कार्य गर्न निर्देशन दिएका छन । त्यसका लागी सरोकारवाला निकायसंग निरन्तर समन्वय , सुचना प्राप्ती, बिष्लेषण र सोही अनुसारको सुरक्षा ब्यवस्थापनमा जोड दिन समेत निर्देशन दिएका छन ।
उनले कञ्चनपुर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग छलफल गरी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाको पुर्ण प्रत्याभुत हुनेगरी कार्य गर्न उच्च स्तरको समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । निर्वाचन अवधीभर उच्च सतर्कर्ता अपनाउन, सुचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनिअप्रिय घटना हुन नदिन उत्कृट तवरले कार्यगर्न निर्देशन दिए । अतिरीक्त महानिरिक्षक दाहालले निर्वाचन सुरक्षा संबेदनशिल बिषय भएकोले जिम्मेवारी निर्वाह गर्दा ब्यवसायिकता, अनुशासन र निश्पक्षता कायम राख्न समेत जोड दिए ।
छलफलका क्रममा कञ्चनपुर र कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी क्रमश: मदन कोईराला र हिरालाल रेग्मीले निर्वाचन सुरक्षाको तयारीको सम्बन्धमा अतिरिक्त महानिरिक्षक दाहालसंग छलफल गरेका थिए ।
स्थलगत अनुगमनमा कैलाली र कञ्चनपुर जिल्लाका ईकाई प्रमुख हरुलाई निर्देशन दिदै सशस्त्र प्रहरी बल नेपाल बैधनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीका नििमत्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक दिग विजय सुबेदीले निर्वाचन सुरक्षा, सीमा सुरक्षा एवम् राजश्व चुहावट नियन्त्रण गर्न कडाईका साथ कार्य गर्न निर्देशन दिए । निमित्त बाहिनीपति सुबेदीले निर्वाचन सुरक्षामा समन्वयात्मक रुपमा कार्य गर्न र राजश्व चुहावट नियन्त्रणमा सक्रिय भई चोरी तस्करी नियन्त्रणको कार्यमा शुन्य सहनशीलता अपनाई कार्य गर्न समेत निर्देशन दिए । स्थलगत निरिक्षणका क्रममा कैलाली र कञ्चनपुरका गणपति क्रमश खुम के सी र प्रेम सिग्देलको समेत उपस्थिती रहेको छ ।

