महेन्द्रनगर । साहित्यकार दीर्घ बहादुर चन्द “सुमन” सम्मानित हुनु भएको छ । बुधवार काठमाडौमा सम्पन्न राष्ट्रिय सुसेली फाउन्डेसनको आठौँ वार्सिकोत्सवका अवसरमा उहाँ बलराम सरला सुसेली सम्मानबाट सम्मानित हुनुभएको हो ।
सप्तरंगी सुमन कृतिमा सुसेली विधालाई प्राथमिकताका दिनुका साथै सुसेलीको श्रीवृद्धिमा योगदान पुर्याएको भन्दै संस्थाका संस्थापक वलराम ओझा÷सरला ओझा ‘सिर्जना’ नाममा स्थापना भएको बलराम सरला सुसेली सम्मान प्रदान गरिएको हो । साहित्यकार सुमनले नेपाली साहित्यमा पांच ÷पांच अक्षरको दुई पाउमा जम्मा दस अक्षरमा लेख्न सकिने लघुकविताको “आगो” विधाको परिकल्पना गर्नुभएको थियो । उहाँको आगो (सिद्धान्त र प्रयोग) तथा सप्तरंगी सुमन कृतिहरु प्रकाशन यसअघि नै प्रकाशनमा आइसकेका छन । उहाँ आगो लघुकविता सदन (आलस) मा दैनिक रुपमा आगो, मुक्तागो र गजलागो रचना प्रकाशन गर्दै आउनु भएको छ । लेखनमा सक्रिय सुमन स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा खोजमुलक रचना प्रकाशन गर्दै आउनुभएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

