महेन्द्रनगर । महेन्द्रनगर नगर विकास समितिका पुर्व अध्यक्ष गोपाल रसायलीलाई पक्राउ परेका छन ।
महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त नगरविकास समिति) को जग्गा हिनामिना गरी भ्रष्टाचार गरेपछि अदालतबाट कैद र जरिवाना सजाय भएका भीमदत्त नगरपालिका–१३ का ४४ बर्षीय गोपाल रसायलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बिशेष अदालत काठमाण्डौँको २०८१ वैशाख २४ गतेको फैसलाले भ्रष्टाचार मुद्धामा फरार रहेका रसाइलीलाई ४ बर्ष कैद सजाय र रु ७६ लाख ८२ हजार ४ सय ६६ जरिवाना तोकिएको बताए ।
पक्राउ परेका रसायलीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत कञ्चनपुर हुदै कारागार पठाएको छ । यसअघि कञ्चनपुर प्रहरीले सोही मुद्दामा फरार रहेका नगर विकास समितिका पुर्व अध्यक्ष पल्टु रानालाई पक्राउ गरी कारागार चलान गरिसकेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

