महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.–३ का उम्मेदवार हरि प्रसाद बोहराले सडक तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताएका छन्।
चुनावी अभियानका क्रममा कंचनपुरको भीमदत्तनगर पलिकाका विभिन्न गाउँ–टोलमा आयोजित भेटघाट तथा कार्यक्रमहरूलाई सम्बोधन गर्दै उनले कञ्चनपुरको समग्र विकासका लागि सडक सञ्जालको विस्तार र स्तरोन्नति अपरिहार्य रहेको उल्लेख गरे।
“केही सडक पूर्वाधार निर्माण भइसकेका छन्, केही निर्माणको चरणमा छन्, तर अझै पनि गाउँ–टोलमा धेरै सडक स्तरोन्नतिको पर्खाइमा छन्। ती सबैलाई योजनाबद्ध रूपमा अगाडि बढाउने हाम्रो प्रतिबद्धता छ,” उनले भने।
उनका अनुसार निर्वाचन क्षेत्र नं.–३ अन्तर्गत पर्ने भीमदत्त नगरपालिका, दोधराचाँदनी नगरपालिका र बेदकोट नगरपालिका–८ मा भौतिक पूर्वाधार विकासलाई विशेष प्राथमिकताका साथ अघि बढाइनेछ। ग्रामीण भेगमा कच्ची सडकलाई कालोपत्रे गर्ने, ढल निकास व्यवस्थापन गर्ने, पुल–पुलेसा निर्माण तथा स्तरोन्नति गर्ने योजना रहेको उनले स्पष्ट पारे।
बोहराले सडक सञ्जाल बलियो भए मात्र कृषि, व्यापार, शिक्षा र स्वास्थ्य क्षेत्रले गति लिने भन्दै पूर्वाधार विकासलाई समग्र समृद्धिको आधारका रूपमा व्याख्या गरे। उनले मतदातासँग विकास र स्थायित्वका लागि नेपाली कांग्रेसलाई विजयी गराउन अपिल समेत गरेका छन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

