महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर मावी स्तरीय टी–२० क्रिकेट प्रतियोगितामा महाकाली मावी,महेन्द्रनगर नमुना मावी,वात्सल्य विद्या निकेतन र होली फेम्ली स्कुल सेमी फाइनल प्रवेश गरेका छन ।
महेन्द्रनगर स्थित होली फेम्ली इङ्ग्लिस मिडियम स्कुलको खेल मैदानमा जारी प्रतियोगितामा समुह ए बाट महाकाली मावी,समुह बी बाट महेन्द्रनगर नमुना मावी सेमीफाइनल प्रवेश गरेका हुन । त्यसैगरी समुह सी बाट होली फेम्ली इङ्ग्लिस मिडियम स्कुल र समुह डी बाट वात्सल्य विद्या निकेतन सेमिफाइनलमा प्रवेश गरेका छन ।
प्रतियोगितामा १६ विद्यालयको सहभागीता रहेको थियो । सहभागी विद्यालयहरूलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा मर्निङ ग्लोरी सेकेन्डरी स्कुल, नव प्रतिभा पब्लिक स्कुल, महाकाली सेकेन्डरी स्कुल र युनाइटेड पब्लिक सेकेन्डरी स्कुल रहेका थिए । समूह ‘बी’ मा लिटिल बुद्ध एकेडेमी, सत्यवती सेकेन्डरी स्कुल, इन्टरनेशनल पब्लिक स्कुल र महेन्द्रनगर मोडल सेकेन्डरी स्कुल रहेका थिए । समूह ‘सी’ मा होली फेम्ली इङ्ग्लिस मिडियम स्कुल, फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र नोबेल एकेडेमी तथा समूह ‘डी’ मा लिटिल स्टार पब्लिक स्कुल, वात्सल्य विद्या निकेतन, कञ्चनजंघा इङ्ग्लिस बोर्डिङ स्कुल र श्री ज्ञानोदय सेकेन्डरी स्कुल रहेका थिए । महाकाली,महेन्द्र,वात्सल्य र होली फेम्ली समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

