महेन्द्रनगर । डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायिक वन फडानीमा वनका पदाधीकारीको संलग्नता देखिएपछि अध्यक्ष सहितका कार्यसमितिका १० जनामाथि मुद्दा चलाउने तयारी गरेको छ ।
मंसिर दोस्रो साता कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित रहेको गौरीघाट सामुदायिक वनमा ससौ र खयरका एक सय ६४ वटा रुख काटिएका थिए । बस्ती बिचमा रहेको सामुदायिक वन फडानी भएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले सब डिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृत तोकेर छानवीन गरेको थियो । उक्त छानबीन पछि वनका पदाधीकारीको संलग्नता देखिएपछि अध्यक्ष सहितका कार्यसमितिका १० जनामाथि मुद्दा चलाउने तयारी गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।
त्यसका लागि अनुसन्धानको फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको सब डिभिजन वन कार्यालय बाणीका प्रमुख एंव अनुसन्धान अधिकृत भरत शाहले जानकारी दिए । ‘अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा मुद्दा दिएका छौ ।’ उनले भने–‘अनुसन्धानमा वन पदाधीकारी र स्थानीयको बयान लिइएको हो ।’ उनले अब सरकारी वकिल कार्यालयको राय अनुसार अघि बढ्ने बताए ।
डिभिजन वन कार्यालयका अनुसार उक्त सामुदायिक वनमा काटिएका १६४ रुख मध्ये ६१ गोलिया खयरको १ सय १ दशमलव ५५ क्यूफिट र ४१ गोलिया सिसौंको ८१ दशमलव ०३ क्यूफिट काठ वनले बरामद गरेको थियो । कर्मचारीहरु निर्वाचनमा खटिने भएकाले निर्वाचनपछि मुद्दा प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

