शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाज

आमाको स्मृतिमा समाजसेवी मल्लद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख एघार हजार सहयोग

पश्चिमपाटी
125Shares

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा समाजसेवी दिनेश मल्लले आफ्ना आमाको स्मृतिमा स्थापित राजुदेवी मल्ल स्मृति प्रतिष्ठान मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गर्नुभएको छ ।
    मुलुकमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले मल्लले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मल्लले विभिन्न विपद तथा संकटका समयमा सहयोग गर्दै आउनुभएको छ । यसअघि कोभिड–१९ महामारीका बेला समेत मल्लले महाकाली अस्पतालमा अक्सिजन उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । महामारीका क्रममा भारतबाट गड्डाचौकी नाकाहुँदै नेपाल प्रवेश गर्ने नागरिकका लागि भोजनको व्यवस्था गर्न पनि उहाँले सहयोग गर्नुभयो ।  उहाँले प्रतिष्ठान मार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।
    व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आएका मल्लले सामाजिक सेवामार्फत समुदायप्रतिको आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । आमाको स्मृतिमा स्थापित प्रतिष्ठानमार्फत गरिएकोे सहयोगले विपद्का बेला पीडित नागरिकलाई राहत पु¥याउन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।