स्कोप एक्स्पोको तयारी अन्तिम चरणमा, यस वर्ष ५० भन्दा बढी स्टल रहने
पश्चिमपाटीद्वारा आयोजना हुने वार्षिक शैक्षिक तथा करियर एक्स्पो "स्कोप" को तयारी अन्तिम चरणमा पुगेको छ ।
स्कोप (SCOPE) पश्चिमपाटीद्वारा हरेक वर्ष आयोजना गरिने शैक्षिक तथा करियर एक्स्पो हो । यस एक्स्पोमा सुदूरपश्चिमका विभिन्न शैक्षिक संस्था, कलेज, विश्वविद्यालय, प्राविधिक शिक्षालय तथा शैक्षिक परामर्श संस्थाहरूको सहभागिता रहन्छ । विद्यार्थी, अभिभावक तथा शिक्षकलाई शिक्षा, करियर र सीप विकाससम्बन्धी जानकारी एकै स्थानबाट उपलब्ध गराउनु यस आयोजनाको मुख्य ध्येय हो ।
विद्यार्थीलाई आफ्नो रुचि र क्षमताअनुसार उचित शैक्षिक तथा करियर मार्ग छनोट गर्न सहयोग पुर्याउने; शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, छात्रवृत्ति तथा अध्ययन अवसरसम्बन्धी जानकारी एकै थलोमा उपलब्ध गराउने ।
सुदूरपश्चिममा शैक्षिक बहस, अवसर र सम्भावनाको प्रवर्द्धन गर्दै प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यको मार्गमा डोर्याउने ।
पश्चिमपाटीद्वारा आयोजना हुने वार्षिक शैक्षिक तथा करियर एक्स्पो "स्कोप" को तयारी अन्तिम चरणमा पुगेको छ ।
विद्यार्थी तथा अभिभावकले करियर काउन्सिलिङ, छात्रवृत्ति र अध्ययन अवसरसम्बन्धी जानकारी एकै थलोमा पाउने भएका छन् ।
आयोजकले सम्पूर्ण शैक्षिक संस्था, विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई कार्यक्रममा सहभागिताका लागि आग्रह गरेको छ ।