स्कोप एक्स्पोको तयारी अन्तिम चरणमा, यस वर्ष ५० भन्दा बढी स्टल रहने
महेन्द्रनगर । पश्चिमपाटीद्वारा आयोजना हुने वार्षिक शैक्षिक तथा करियर एक्स्पो "स्कोप" को तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षको एक्स्पोमा जिल्लाका विभिन्न शैक्षिक संस्था, कलेज, विश्वविद्यालय तथा परामर्श संस्थाका ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा शैक्षिक स्टल प्रदर्शनी, करियर काउन्सिलिङ, छात्रवृत्ति तथा अध्ययन अवसरसम्बन्धी जानकारीमूलक कार्यक्रम सञ्चालन गरिनेछन् ।
