शुक्रबार, २६ भदौ २०८३ || Sep 11, 2026
समाज

उदयदेव सहकारीद्वारा बाढीपीडितलाई २ लाख ११ हजार सहयोग

पश्चिमपाटी
64Shares

महेन्द्रनगर । कञ्चनपुरको प्रतिष्ठित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु. २ लाख ११ हजार सहयोग गरेको छ ।
संस्थाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट सखुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।  
संस्थाका अध्यक्ष नारा जोशी र प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दद्वारा जारी संयुक्त अपिलमा संस्थाको तर्फबाट बाढी प्रभावित क्षेत्रका बासिन्दाको राहत तथा पुनःस्थापनाका लागि रु. २ लाख ११ हजार सहयोग उपलब्ध गराएको हो । सहकारीले विपद्का कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै बेपत्ताको खोजी तथा उद्धार कार्यमा जुट्न र प्रभावित नागरिकको तत्काल आवश्यकतालाई मध्यनजर गर्दै सहयोग गर्न सबैमा अपिल गरेको छ ।