महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ स्थित पेलितालमा घरमाथी रुख ढल्दा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराती स्थानीय कुलबहादुर महताको टायलले छाएको कच्ची घरमाथि घर नजिकै रहेको कुसुमको रुख ढल्दा घर भत्किएपछि घरभित्र रहेका ५० वर्षीया सारदा देवी महताको मृत्यु भएको हो । महताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए । सोहि घरभित्र रहेकी उजिर सिंह महताकी ४० वर्षीया श्रीमती सीता महता घाइते भएकी छन । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

