बुधबार, १३ साउन २०८३ || Jul 29, 2026
समाज

महेन्द्रनगरमा एनसेलको ‘फोफो’ सेन्टर सञ्चालन, एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा

पश्चिमपाटी
130Shares

महेन्द्रनगर । एनसेल आजियाटा लिमिटेडको महेन्द्रनगरमा ‘फोफो’ सेन्टर सञ्चालनमा आएको छ ।   महेन्द्रनगर स्थित मदन चोकमा रहेको एनसेल सेन्टरलाई विस्तार गर्दै 
एकै स्थानबाट ग्राहक सेवा र मोबाइल सुविधा उपलब्ध गराउने गरी सेवा सञ्चालनमा आएको हो । बिहिबार उक्त सेवाकेन्द्रको उद्घाटन भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उप–प्रमुख निलम लेखक जोशी,कञ्चनपुर उद्योग वाणिज्य संघका वर्ष्ठि उपाध्यक्ष दिपेन्द्र प्रकाश  साउँद,एनसेलका कर्पोरेट कम्युनिकेसन, ब्रान्ड, मार्केटिङ एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्का तथा कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले संयुक्त रूपमा गर्नुभयो । 
    ‘फ्रेन्चाइज्ड ओन्ड एन्ड फ्रेन्चाइज्ड अपरेटेड (फोफो)’ अवधारणा अन्तर्गत ग्राहकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको कस्टमर सर्भिस अपरेसन डाइरेक्टर ज्योति दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सेवाकेन्द्रबाट एनसेलका सम्पूर्ण ग्राहक सेवा तथा मोबाइल फोनसँग सम्बन्धित सामग्री एकै स्थानबाट प्राप्त गर्न सकिने छ । सेवाकेन्द्रमा ग्राहकले सिम कार्ड परिवर्तन, ई–सिम सक्रियकरण, केवाईसी अद्यावधिक, बिल भुक्तानी लगायतका सेवा लिन सक्नेछन । साथै विभिन्न ब्रान्डका मोबाइल फोन तथा आवश्यक मोबाइल एक्सेसरिज पनि खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
    फोफो अवधारणाले देशभर ग्राहक सेवा विस्तार गर्नुका साथै स्थानीय साझेदार सँगको सहकार्यलाई थप मजबुत बनाउने र ग्राहकलाई अझ सहज सेवा दिने कम्पनीले जनाएको छ ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले एनसेलले ग्राहकहरुलाई महत्वपूर्ण सेवा दिएको बताउँदै नेपालमा मात्रै नभइ छिमेकि मुलुक भारतमा समेत सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले एनसेलको नयाँ अवधारणाले ग्राहकलाई सेवा उपभोग गर्न सहजहुने बताउनुभयो । 
    यस अवधारणाले ग्राहकलाई एकै स्थानबाट विविध सेवा उपलब्ध गराउनुका साथै स्थानीय उद्यमशीलता र रोजगारी प्रवद्र्धनमा समेत योगदान पुग्ने कम्पनीको विश्वास छ ।