बुधबार, १३ साउन २०८३ || Jul 29, 2026
समाज

सृर्जनशील सहकारीको स्थापना दिवसमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल सहयोग

पश्चिमपाटी
399Shares

महेन्द्रनगर । सृर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न तथा फलफूल सहयोग गरेको छ । 
मंगलवार बेदकोट नगरपालिका–७ स्थित बैजनाथ धाम तथा वृद्धाश्रम सेवा समितिलाई खाद्यान्न तथा फलफूल सहयोग गरेको हो । संस्थाका वाणी,दैजी,महेन्द्रनगर र दोधारा चाँदनीका सेवाकेन्द्रले संयुक्त रुपमा वृद्धाश्रमलाई आवश्यक खाद्यान्न सहयोग गरेको सृर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ अधिकृत महादेव नाथले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार आयोजित कार्यक्रममा वृद्धाश्रमकासञ्चालक समिति सदस्य मनोजकुमार विष्ट र संरक्षक बहादुर बिष्टलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो । सहकारीले वृद्धाश्रमका ज्येष्ठ नागरिकका लागि चामल, दाल, आलु, लगायतका आवश्यक खाद्यान्न तथा फलफुल हस्तान्तरण गरेको हो । कार्यक्रममा सहकारीका सेवाकेन्द्रहरुका कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थाले स्थापना दिवसलाई औपचारिक समारोहमा सीमित नराखी सामाजिक सेवामूलक कार्यमार्फत मनाउँदै आएको जनाएको छ ।