महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त कप क्रिकेट प्रतियोगितामा बेलौरी र पुनर्वास नगरपालिका विजयी भएका छन ।
प्रतियोगिताको पाचौँ खेलमा बेलडाँडी गाउँपालिकालाई ९ विकेटले पराजित गर्दै पुनर्वास नगरपालिका विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गरेको बेलडाँडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनाएको थियो । बेलडाँडीका लागि दिपेश राना क्षेत्रीले सर्वाधिक ४६ रन र राजेन्द्र बुढाले ३३ रनको योगदान गरे । बलिङमा पुनर्वासका श्रीजल ओड र समीप विकेले ३÷३ विकेट लिए । १६६ रनको लक्ष्य पछ्याएको पुनर्वासले १८ दशमलव १ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । पुनर्वासका लागि प्रेम ओडले सर्वाधिक ९० रनको योगदान गरे । प्रेम खत्रीले ३७ रन जोडे । बलिङमा बेलडाँडीका कमल हमालले १ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच पुनर्वासका प्रेम ओड घोषित भए ।
त्यसैगरि आजै भएको अर्को खेलमा बेदकोटलाई २ रनले पराजित गर्दै बेलौरी विजयी भएको छ । टस जितेर ब्याटिङ्ग गरेको बेलौरीले निर्धारित २० ओभरको क्षतिमा ८ विकेटको क्षतिमा १०१ रन बनाउन सक्यो । पुनर्वासका निरज कार्कीले सर्वाधिक ३९ रनको योगदान गरे । निराजन थापाले १७ रन जोडे । बलिङ बेदकोटका राजेश ऐरले ४ विकेट हात पारे । १०२ रनको लक्ष्य पछ्याएको बेदकोट नगरपालिका १५ दशमलव ४ ओभरमा अलआउट हुँदै ९९ रन मात्रै बनाउन सक्यो । बेदकोटका विवेक बोहराले २२ रन र चक्र एडीले २१ रनको योगदान गरे । बलिङमा बेलौरीका रोहित कार्की , निरज कार्की र हिमाल पन्तले ३÷३ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच बेलौरीका निरज कार्की घोषित भए ।प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि,प्रमाणपत्र र उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

