महेन्द्रनगर । महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी पाचौँ भीमदत्त मेयर कप क्रिकेट प्रतियोगितामा भीमदत्त र दोधारा चाँदनी नगरपालिका विजयी भएका छन ।
प्रतियोगिताको तेस्रो खेलमा पुनर्वास नगरपालिकालाई २ विकेटले पराजित गर्दै दोधारा चाँदनीले पहिलो जीत निकालेको छ । टस जितेर ब्याटिङ्ग गरेको पुनर्वासले १८ दशमलव ४ ओभरमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो । पुनर्वासका प्रेम ओडले २२ रन र प्रेम खत्रीले २१ रनको योगदान गरे । बलिङमा दोधारा चाँदनीका दिपेश खड्का,साजन बिटालु र कैलाश सिंह साउदले २÷२ बिकेट लिए । ९० रनको सामान्य लक्ष्य पाएको दोधारा चाँदनीले १२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पुरा गर्न सफल भयो । उसका लागि सन्देश बस्यालले २६ रन र प्रकाश सिंह साउदले १० रनको योगदान गरे । बलिङमा पुनर्वासका सिर्जल ओड, रोहन अर्याल र जग्दिश बिष्टले २÷२ विकेट हात पारे । उक्त खेलमा प्लेयर अफ द म्याच दोधारा चाँदनीका दिपेश खड्का घोषित भए ।
त्यसैगरि अर्को खेलमा भीमदत्तले बेलौरी नगरपालिकालाई फराकिलो मतान्तरले पराजित गरेको छ । टस हारेर ब्याटिङ्गको निम्तो पाएको भीमदत्तले निर्धारित २० ओभरमा अलआउट हुदै १७८ रनको चुनौतीपूर्ण योगफल बनायो । भीमदत्तका लागि किरन कुमार ठगुन्नाले सर्वाधिक ४६ रनको योगदान गरे । त्यसैगरि नरेन्द्र रानाले ३० रन र मिलन बोहराले २२ रनको योगदान गरे । बलिङमा बेलौरीका धिरेन्द्र विष्टले ३ र विशाल विकेले २ विकेट हात पारे । १७९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको बेलौरीले निर्धारीत २० ओभरमा ६ विकेटको क्षतिमा १११ रन मात्र बनाउन सक्यो । उसका लागि भरत सिंहले २७ तथा निराजन थापाले २१ रनको योगदान गरे । बलिङमा भीमदत्तका पुकार चन्द,प्रकाश थापा,मिलन बोहरा र समिर विष्टले १÷१ विकेट लिए । उक्त खेलमा प्लेयर अफ द म्याच किरन कुमार ठगुन्ना घोषित भए । जारी प्रतियोगितामा भीमदत्त नगरपालिकाको यो दोस्रो जीत हो । आईतबार उद्घाटन खेलमा भीमदत्तले दोधारा चाँदनी नगरपालिकालाई ३३ रनले पराजित गरेको हो । दोधारा चाँदनीले भने प्रतियोगितामा पहिलो जीत निकालेको छ ।
प्रतियोगितामा ६ वटा टीमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टीमले नगद रु १ लाख ५५ हजार पाँच सय ५५ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता टोलीले ७७ हजार ७७७ नगद,ट्रफि र प्रमाणपत्र पाउने छ । त्यसैगरि मैन अफ द सिरिज ११ हजार १११,उत्कृष्ट विधाका खेलाडीलाई ५ हजार ५५५,उदयमान खेलाडीलाई ४ हजार ४४४ र प्लेयसर अफ द म्चयाच १ हजार १११ नगद,ट्रफि र प्रमाणपत्र पाउने छन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

