महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश स्तरिय प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिताको उपाधी कञ्चनपुरले हात पारेको छ ।
शनिवार भएको फाइनल खेलमा बैतडीलाई ९ रनले पराजीत गर्दै कञ्चनपुरले उपाधी हात पारेको हो । टस जितेर ब्याटिङ्ग गरेको कञ्चनपुरले २४ दशमलव २ बलमा अलआउट हुँदै १३५ रन बनाएको थियो । कञ्चनपुरका लागि आर्यन टमटा र किरण चन्दले १९/१९ रन बनाए । बलिङमा बैतडीका सचिन भट्ट र हिक्मत महराले समान दुई/दुई विकेट लिए । १३६ रनको लक्ष्य पछ्याएको बैतडीले २५ ओभरमा आठ विकेट गुमाएर १२६ रन मात्र जोड्न सक्यो । बैतडीका लागि सुनिल चन्दले ४२ रन र आयुश चन्दले २३ रनको योगदान गरे । बलिङमा कञ्चनपुरका विकास आग्री र अरुण ऐरले समान दुई/दुई विकेत हात पारे । प्रतियोगितामा प्लेयर अफ द म्याच विकास आग्री घोषित भए । प्लेयर अफ द सिरिजर र बेष्ट ब्याटर किरन कुमार ठगुन्ना घोषित भए । प्रतियोगितामा सुदूरपश्चिमका ८ टीमको सहभागिता रहेको थियो । उपाधी विजेता टीम कञ्चनपुरले ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

