महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी निर्वाचन सुरक्षामा परिचालन हुने भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा योजनाससहित यहाँका १६ वटा प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य, संवेदनशिल र अतिसंमेदनसिल गरी तीन भागमा वर्गीकरण गरि आवश्यक सुरक्षा तयारी गरिएको जानकारी दिनुभयो । अतिसंवेदनशिल मतदानस्थलमा प्रहरी र निर्वाचन प्रहरी बढी संख्यामा परिचालन हुनेछन् ।
१६ वटा निर्वाचन क्षेत्रमा एक हजार १७६ मतदानस्थल रहेको सुदूरपश्चिममा तीन सय सामान्य, ३९५संवेदनशिल र ४८१ मतदान स्थल अतिसंवेदनशिलमा प्रहरीले राखेको छ । सुदूरपश्चिममा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा दिनुका साथै मतदानस्थलमा निर्वाचन प्रहरी पचिालन गरिनेछ । त्यसका लागि सुदूरपश्चिममा १३ हजार ६६९ निर्वाचन प्रहरी भर्ना लिने प्रक्रियामा छ । यहाँका नौ वटै जिल्लामा गरेर हाल १६हजार १९३ जना महिला तथा पुरुषले निर्वाचन प्रहरीका लागि आवेदन दिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कैलाली, कञ्चनपुर, दार्चुला र बाजुरामा आवश्यकता भन्दा बढी आवदेन परेपनि बाँकी पाँच जिल्लामा आवश्यकता भन्दा कम आवेदन परेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रदेश निर्वाचन कार्यालय धनगढीले शुक्रबार सुदूरपश्चिममा १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले यहाँ नौ वटा मुख्य निर्वाचन अधिकृत र सात वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताउनुभयो । सुदूरपश्चिमका नौ वटै जिल्लामा नयाँ थपिएका मतदाता समेत गरेर कुल १७ लाख १६ हजार ६६० मतदाता रहेका छन् ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

