महेन्द्रनगर । आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुरको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपी प्रसाद उपाध्याय उम्मेदवार बनेका छन । सोमबार पार्टीले उपाध्यायलाई टिकट दिएको हो । उपाध्याय पहिलो पटक निर्वाचन लड्न लागेका हुन । मंगलबार उम्मेदवारी दर्ताको दिन रहेकाले त्यसअघि कांग्रेसले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको छ । ३ वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर २ मा पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी) र क्षेत्र नम्बर ३ मा पूर्व मन्त्री रमेश लेखक निर्वाचन लड्ने पक्का भएको छ ।