महेन्द्रनगर,४ माघ
राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा पाटीले निर्णय गरेर पठाएका उम्मेदवार जिताउन एक ढिक्का भएर लाग्ने जनाएको छ । पाटी सभापति पदम विष्टले उम्मेदवारका आकांक्षी धेरै भएपनि पार्टीले निर्णय गरेर पठाएका उम्मेदवारलाई विजयी गराउन एक ढिक्का भएर लाग्ने बताएका छन । “सकेसम्म हामीले सिफारिस गरेका व्याक्ति उम्मेदवार बनोस भन्ने हाम्रो चाहाना हो ।” सभापति विष्टले भने–“पार्टीले निर्णय गरे अनुसार घण्टीमा मत माग्न एक ढिक्का भएर लाग्छौ ।” रास्वपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा जनक धामीलाई एकल सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ मा दीपक बोहरा छन ।
क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र महता सिफारिस भएपनि बालेन संगको पाटी समायोजन पछि बालेनका सल्लाहकार धीरज जोशी यो क्षेत्रमा उम्मेदवार बन्ने चर्चा चलेको छ । रास्वपाकी नेता चन्द्रा ऐरले पाटीले निर्णय गरेर पठाएका उम्मेदवार जिताउनका लागि एकतावद्ध भएर निर्वाचनमा जाने बताइन । “पाटीको निर्णय भन्दा दायाबाँया हुदैन हामी सबै एक भएर हाम्रा उम्मेदवार विजयी गराउन लाग्छौ ।” उनले भनिन । रास्वपाले उम्मेदवार तय गर्न आज २ बजे केन्द्रिय समिति बैठक बोलाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

