महेन्द्रनगर । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा कञ्चनपुर यलो विजयी भएको छ ।
शनिवारदेखी महेन्द्रनगर स्थित कवर्ड शल खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा यलोले कञ्चनपुर ग्रिनलाई ६५ रनले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेको यलोले ३५ दशमलव २ बलमा अलआउट हुदैँ १८२ रनको लक्ष्य दिएको थियो । यलोका लागि हरिश पनेरुले सर्वाधिक ३१ रन बनाए । उनले ७० बल खेलेका थिए । त्यसैगरि चक्र ऐडिले १८ बलमा २४ रन,लोकेश जोशीले २७ बलमा २२ रन र हेमन्त धामीले ३० बल खेल्दै २१ रन जोडेका थिए । बलिङमा कञ्चनपुर ग्रिनका विकास आग्रीले ८ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । रबि दमाइले ८ ओभरमा १८ रन खर्चिएर ३ विकेट हात पारे ।
ब्याटिङ्गमा कञ्चनपुर ग्रिनका अभिषेक थापाले ३५ बलको सामना गर्दै ३६ रन जोडे भने विजय भट्टले ४७ बल खेल्दै ३१ रन जोडे । बलिङमा कञ्चनपुर यलोका सन्तोष दियालले ७ ओभरमा १२ रन खर्चिएर ५ विकेट लिए । पुकार चन्द र मनिश चन्दले समान २ विकेट लिए । प्रतियोगिताको प्लेयर अफ द म्याच सन्तोष दियाल घोषित भए ।
जिल्ला क्रिकेट संघ कञ्चनपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा कञ्चनपुर यलो,कञ्चनपुर ग्रिन,कञ्चनपुर रेड र कञ्चनपुर ब्लु गरि ४ टिमले ६ वटा लिग खेल खेल्ने छन । यहि प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फानुनमा हुने सुदूरपश्चिम प्रदेश स्तरी छनोट प्रतियोगितामा कञ्चनपुर जिल्ला टीम तयार गरिने संघले जनाएको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

