महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको १८ औं कार्यकारणी समितिको कोषाध्यक्ष र सदस्य पदका लागि शनिवार सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।
कोषाध्यक्षमा सिद्धराज भट्ट विजयी भएका छन । उनले ७१५ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी प्रदिप पाललाई पराजित गरेका हुन्। पालले ५४५ मत प्राप्त गरेका छन । सात जना सदस्य पदका लागि भएको निर्वाचनमा १३ जना प्रतिस्पर्धामा थिए । जसमध्ये सदस्य पदमा व्यवसायि जगदीश चन्द्र भट्टले सर्वाधिक मत प्राप्त गरेका छन । भट्टले ८८३ मत ल्याएर सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै सरिता भण्डारीले ८६३ मत प्राप्त गरेकि छन । निरज गुप्ता ७२८ मत, कृष्ण राना ६८३ मत, हेमराज भट्ट ६८३ मत, पारस जोशी ६६५ मत र भोज अवस्थी ६५४ मत प्राप्त गरी सदस्यमा निर्वाचित भएका छन्। संघका विभिन्न पृष्ठभूमिका व्यवसायीहरूको सहभागिताले संघलाई समावेशी बनाएको छ । यसअघि सर्वसम्मत अध्यक्ष पदमा दिनेश मल्ल चयन भएका थिए । मल्ल कञ्चनपुरका लोकप्रिय युवा व्यवसायि हुन । त्यसैगरि वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र प्रसाद साउद चयन भएका छन् भने उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द र वाणिज्य उपाध्यक्षमा गणेश चटोत ,महासचिव पदमा राहुल भट्ट र सचिव पदमा नरेन्द्र प्रसाद जोशी सर्वसम्मत चयन भएका छन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

