बुधबार, १३ साउन २०८३ || Jul 29, 2026
अर्थ / बजार

पवनदूत यातायातका राजगद्दी बस सञ्चालनमा

पश्चिमपाटी
61Shares

महेन्द्रनगर । पवनदूत यातायात एण्ड अटो म्यानेजमेन्ट प्रालिका राजगद्दी सफारीका पाँच नयाँ बस सञ्चालनमा आएका छन् ।
 आईतवार नयाँ बस को उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ ।  महेन्द्रनगर काठमाडौं रुटमा चल्ने यी सवारीमा यात्रुले राजगद्दी सीटमा बसेर आरामदायी, भरपर्दो र सुरक्षित यात्रा गर्न पाउने कम्पनीले जनाएको छ । महेन्द्रनगर बसपार्कमाऔपचारिक उद्घाटनपछि बाजागाजा सहित बसहरु महेन्द्रनगर बजारमा परिक्रमा गराइएको थियो । राजगद्दी सफारी नाम दिइएका यी सबै सवारी महेन्द्रनगर र काठमाडौंबाट हरेक दिन ४ बजे एकै समयमा सञ्चालन हुने छन ।