बुधबार, १३ साउन २०८३ || Jul 29, 2026
समाचार

शारदा ब्यारेजमा चार पांग्रे सवारी संचालनमा रोक

पश्चिमपाटी
9Shares

महेन्द्रनगर । महाकाली नदीमा पानीको वहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारी साधनको अवागमन रोक लगाइएको छ ।
    मंगलबार बिहान नदीमा पानीको वहाव १ लाख क्युसेक नाघेपछि चार पांग्रे सवारी साधनको अवागमनमा रोक लगाइएको हो ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतका अनुसार मंगलबार दिउँसो १ः३० बजेको मापन अनुसार महाकालीको जलस्तर १ लाख २४ हजार ४५४ क्युसेक पुगेको छ । सुदूरपश्चिमका पहाड जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ । सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा अझै केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साना नदी, खोला तथा नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।