महेन्द्रनगर । कञ्चनपुरका हेमोफिलिया बिरामीहरुले सामान्य जाँच र औषधी उपचारका लागि समेत कैलाली धाउनुपर्ने बाध्यता थियो ।
उक्त समस्या कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य दीपक बोहरासमक्ष पुग्यो । त्यसपछि बोहराले बिरामी र महाकाली अस्पतालका चिकित्सकहरुसंग भेट गर्नुभयो । अस्पताल र स्वास्थ्य सेवा विभाग संग हेमोफिलिया बिरामीहरुको उपचार कञ्चनपुरमै गर्ने व्यवस्था मिलाउन पहल गरेपछि अहिले यहाँका बिरामीले महाकाली अस्पतालमै निःशुल्क रुपमा उपचार पाउन थालेका छन । यस अघि हेमोफिलियाको औषधी लिन समेत कैलाली धाउनुपर्ने बाध्यता थियो । “मलेसियाबाट मलाई कसैले यो समस्याबारे जानकारी गराएपछि मैले बिरामीलाई भेटे, अस्पताल गए अस्पतालका डाक्टरहरुलाई भेटे ।” बोहराले भन्नुभयो–“यो समस्याबारे स्वास्थ्य सेवा विभागलाई पनि जानकारी गराए ।” बोहराको उक्त पहल पछि महाकाली अस्पतालको आकस्मीक कक्षबाट उक्त सेवा निःशुल्क सुरु भएको महाकाली अस्पतालले जनाएको छ ।
महाकाली प्रादेशीक अस्पतालका नाक,कान घाटी रोग विशेषज्ञ डा. प्रशान्त भट्टले महाकाली अस्पतालमा हेमोफिलियाको निःशुल्क उपचार सुरु भएको बताउनुभयो । “अहिले अस्पतालको सम्पर्कमा आठ÷दश जना विरामीहरु आएका छन ।” उहाँले भन्नुभयो–“अस्पतालले फोकन पर्सन तोकेर निःशुल्क रुपमा उपचार गरिरहेको छ ।” यसले कञ्चनपुरका हेमोफिलिया बिरामीहरुले उपचारका लागि कैलाली जानुपर्ने बाध्यता हटेको छ । कञ्चनपुर –२ बाट निर्वाचित भएपछि बोहराले यहाँका बिरामीले भोगिरहेको समस्या समाधानका लागि सक्रियता देखाउनुभएको छ । निर्वाचित भएपछि उहाँले अस्पतालको स्थलगत निरिक्षण गर्दै सहज उपचारका लागि पहल गर्ने बताउनुभएको थियो । रगत जमाउने आवश्यक तत्वको कमीका कारणले लामो समयसम्म रक्तस्राव भइरहने अवस्थालाई हेमोफिलिया भनिन्छ । हेमोफेलिया रगतजन्य आनुवंशिक रोग हो । यो एक वंशाणुगत समस्याका रूपमा बढी देखिएको चिकित्सकहरु बताउँछन ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

