महेन्द्रनगर । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) कञ्चनपुरको अध्यक्षमा रेशम भट्ट चयन भएका छन ।
सोमबार महेन्द्रनगर स्थित ममताज काजवारमा सम्पन्न सभाले भट्टको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । प्रथम उपाध्यक्षमा पुरन पाण्डेय र द्वितीय उपाध्यक्षमा मनोज जोशी चयन भएका छन । त्यसैगरी सौरव बोहरा,धिरज चन्द,महेश जोशी,निराजन लामिछाने,गौरव अवस्थी,महेन्द्र पाण्डेय र अनमोल सुनुवार कार्यसमिति सदस्य चयन भएका छन ।
कार्यक्रममा एनवाईईएफका अध्यक्ष कुशल सुन्दर श्रेष्ठले २००३ सालमा संस्थाको स्थापना भएको जानकारी दिए । युवा उद्यमीहरुलाई विदेश पलायन रोक्नका लागि युवा उद्यमशील प्रवद्र्धन गर्र्नु आजको आजको आवश्यकता रहेको उनको भनाई थियो । उनका अनुसार उक्त संस्थामा हालसम्म एक हजार बढी युवा उद्यमीहरु जोडिएका छन । सोमबार कञ्चनपुर शाखा १५ औँ शाखाका रुपमा विस्तार भएको छ । नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने अपेक्षा गरिएको छ । युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य सँग लगायतका निजि क्षेत्रका संस्थासंग मिलेर काम गर्ने, नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई प्रवद्र्धन गर्ने उदेश्य रहेको छ ।
कार्यक्रममा सहभागी यहाँको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण सिंह महरा,कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख,कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचत पदाधीकारी एंव युवा व्यवसायिहरुको उपस्थिती रहेको थियो ।

