महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्रिकेट संघको अध्यक्षमा बिरेन्द्र बहादुर चन्द र्निविरोध चयन हुनुभएको छ ।
बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट चन्दको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति र्निविरोध चयन भएको हो । संघको उपाध्यक्षमा लक्ष्मणदत्त भट्ट, सचिवमा बिशाल सोनार,कोषाध्क्षयमा भुवनप्रसाद पन्त निर्विरोध चयन हुनुभएको निर्वाचन समिति संयोजक टेकवहादुर कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यसमिति सदस्यमा नरेन्द्र राज भट्ट,कमलेश कुमार कपाडी,निरज चन्द,बृजकिशोर चन्द,धिरेन्द्र चन्द, गणेश आग्री, विनोद खत्री,दिपक चन्द, ज्ञानेश्वर प्रसाद माया रावत साउँद र सुरेश भट्ट निर्विरोध चयन भएका हुन ।
संघको सातौँ जिल्ला अधिवेशन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गर्नुभएको थियो । उहाँले सुदूरपश्चिममा पूर्वाधार अभावका बीच खेलाडीहरुले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । “राष्ट्रिय टीममा हरेक उमेर समुहमा सुदूरपश्चिम त्यसमा पनि कञ्चनपुरका खेलाडीको सहभागिता छ ।” उहाँले भन्नुभयो–“राज्यबाट पूर्वाधारमा तीन प्रतिशत समेत लगानी भएको छैन ।” उहाँले राज्यले खेलाडी र पूर्वाधारमा लगानी गर्न आवश्यक रहेको बताउनुभयोे । उक्त कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउद र पत्रकार महादेव अवस्थीलाई सम्मान गरिएको थियो । समारोहमा संघका कार्यवाहक सचिव विशाल सोनारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका पूर्व अध्यक्ष दीपकराज चालिसेले स्वागत मन्तव्य राखेका थिए ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

