महेन्द्रनगर । कञ्चनपुरमा सोमबार देखी विद्यालयस्तरीय जिल्ला छनौट क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला क्रिकेट संघको आयोजना तथा होली फेम्ली स्कुलको सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द, प्रमुख अतिथि सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सल्लाहकार तथा होली फेम्ली स्कुलका संस्थापक भुपाल सिंह विष्ट,विशिष्ट अतिथि प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो । होली फेम्ली इङ्गलिस मिडियम स्कुलको खेल मैदानमा सञ्चालित प्रतियोगिताको उद्घाटन खेलमा होली फेम्ली स्कुलले र फ्लोरिडा स्कुललाई पराजित गरेको छ । दोस्रो खेलमा मर्निङ ग्लोरीले नव प्रतिभास्कुललाई पराजित गरेको छ । आजै भएको तेस्रो खेलमा नोवेल एकेडेमीले वेस्र्टन स्कुललाई पराजित गरेको छ । विद्यालयमा क्रिकेट खेलको विकास तथा विद्यार्थीहरूमा खेलप्रति आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६ विद्यालयको सहभागीता रहेको छ ।

प्रतियोगितामा सहभागी विद्यालयहरूलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मर्निङ ग्लोरी सेकेन्डरी स्कुल, नव प्रतिभा पब्लिक स्कुल, महाकाली सेकेन्डरी स्कुल र युनाइटेड पब्लिक सेकेन्डरी स्कुल रहेका छन । समूह ‘बी’ मा लिटिल बुद्ध एकेडेमी, सत्यवती सेकेन्डरी स्कुल, इन्टरनेशनल पब्लिक स्कुल र महेन्द्रनगर मोडल सेकेन्डरी स्कुल छन । समूह ‘सी’ मा होली फेम्ली इङ्ग्लिस मिडियम स्कुल, फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुल, वेस्टर्न पब्लिक एकेडेमी र नोबेल एकेडेमी तथा समूह ‘डी’ मा लिटिल स्टार पब्लिक स्कुल, वात्सल्य विद्या निकेतन, कञ्चनजंघा इङ्ग्लिस बोर्डिङ स्कुल र श्री ज्ञानोदय सेकेन्डरी स्कुल रहेका छन । प्रतियोगिताले विद्यालयस्तरबाट प्रतिभाशाली क्रिकेट खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको जिल्ला क्रिकेट संघका सचिव विशाल सोनारले जानकारी दिनुभयो ।


