महेन्द्रनगर । ब्रिष्टन क्रिकेट कप सिजन–२ अन्तर्गत आज सम्पन्न खेलमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुल र इन्टरनेश्नल स्कुल बी विजयी भएका छन ।
महेन्द्रनगर स्थित कवर्डहलको खेल मैदानमा जारी प्रतियोगितामा मर्निङ ग्लोरीले लिटिल वुद्धलाई ७९ रनकोे अन्तरले पराजित गरेको हो भने इन्टरनेश्नले कैलाली मोडललाई १७८ को फराकिला अन्तरले पराजित गर्दै शानदार जित हात पारेको हो ।
निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मर्निङ ग्लोरीले १७७ रन बनाएको थियो । उसका लागि निशान्तले सर्वाधिक ५१ रन,ईशान ४४ र अमुलले २९ रनको योगदान गरे । लिटल बुद्धका स्वयम,मनिष र निराजनले समान १–१ विकेट लिए ।
१७८ रनको लक्ष्य पछ्याएको लिटल बुद्ध १४.५ ओभरमा १०८ रनमै समेटिएको थियो । लिटिल वुद्धका आर्यनले सर्वाधिक ४३ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन । मर्निङ ग्लोरीका निर्मलले १.५ ओभरमा १० रन खर्चेर ३ विकेट लिएर उत्कृष्ट बलिङ प्रदर्शन गरे । निशान्तले २ तथा सागरले १ विकेट लिएपछि लिटल बुद्ध १०८ रनमा समेटिएको थियो ।
त्यसैगरी अर्को खेलमा इन्टरनेश्नल बीले कैलाली मोडललाई १७८ को फराकिला अन्तरले पराजित गरेको थियो । इन्टरनेश्नलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा २९१ रनको बलियो स्कोर बनाएको थियो । उसका लागि अंकितले ६२ र ईश्वरले ५२ रनको अर्धशतकिय पारी खेले । प्रिन्सले ३७ रनको योगदान गरे । बलिङमा कैलाली मोडका सन्दिप,विशाल र किरणले समान २÷२ विकेट हात पारे । जवाफि ब्याटिङ्गमा कैलाली मोडल स्कुलले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११३ रनमा रन मात्रै बनाउन सक्यो । उसका लागि लोचन २२,सुजित १७ र किरणले १३ रनको योगदान गरे । बलिङमा ईन्टरनेश्नलका अंकित र मनिशले समान दुई विकेट लिए ।
जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिता असार १ गते सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछ । प्रतियोगितामा ब्रिष्टन कलेज, सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पस, कञ्चन विद्या मन्दिर, लिटिल वुद्ध ऐकेडमी, इन्टरनेसनल पब्लिक स्कुल (टिम ए र टिम बी), बाल जागृति स्कुल, एमिटी कलेज, मर्निङ ग्लोरी, नास्ट कलेज, कैलाली मोडल स्कुल तथा एसपीएका टोलीहरूको सहभागिता रहेको छ ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

