महेन्द्रनगर । शनिवार देखी सुरु भएको मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिनको खेलमा सनराइज र लिटल स्टार विजयी भएका छन ।
होली फेम्ली इङ्गलिश मिडियम स्कुलको आयोजना र भीमदत्त नगरपालिकाको प्रायोजनमा होली फेम्ली स्कुलको खेल मैदानमा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा सनराइज स्कुल र लिटल स्टार पब्लिक स्कुल विजयी भएका हुन । पहिलो खेलमा सनराइजले महाकाली मोडर्न पब्लिक स्कुललाई २० रनले पराजित गर्दा दोस्रो खेलमा लिटल स्टारले न्युन स्कोरमा ज्ञानोदय एकेडेमीमाथि ३६ रनको जित दर्ता गरेको हो । पहिले ब्याटिङ गरेको सनराइजले ८ विकेटको क्षतिमा १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसका लागि आश्विन भट्टले सर्वाधिक ९३ रनको योगदान गरे । बलिङमा महाकाली मोर्डनका विवेक साउँदले २ विकेट लिएका थिए ।
१५२ रनको लक्ष्य पाएको महाकाली मोडर्न पब्लिक स्कुलले १५ दशमलव १ ओभरमा १३२ रनमा अलआउट हुन पुग्यो । उसका लागि आकर्ष भट्टले ३४ रनको योगदान गरे । बलिङमा राजेन्द्र गिरि र अनिल केसी समान ४ विकेट हात पारे ।
आजै भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको लिटल स्टार पब्लिक स्कुलले ९ ओभरमा ७२ रनमा अलआउट भयो । झिनो स्कोरको लक्ष्य पछ्याएको ज्ञानोदय एकेडेमी गतिलो प्रदर्शन गर्न सकेन । ज्ञानोदय ६ दशमलव ४ ओभरमा ३५ रनमा अलआउँट भयो । प्रतियोगिताको उक्त खेलमा लिटिल स्टारका कपिल नाथ र ज्ञानोदयका विशाल बोहरा ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगितामा भीमदत्तका १८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
विद्यार्थीहरुमा खेलकुदको विकास, अनुशासन, नेतृत्व विकास, स्वास्थ्य जिपनशैली सकारात्मक मार्ग तर्फ प्रेरित गर्नुका साथै समाजमा भाईचारा, सहकार्य एव प्रतिस्पर्धात्मक भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको होलीफेम्ली ईङलिश मिडियम स्कुलका सहायक म्यानेजर महादेव प्रशाद भट्टले जानकारी दिए । उनले जिल्लामै क्रिकेटका खेलाडी उत्पादनदेखि खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता महत्वपूर्ण साबित हुने बताए । ‘क्रिकेट खेलकुदको बृद्धि विकास गरेर खेलाडी उत्पादन गर्ने हाम्रो मुल लक्ष्य हो ।’ उनले भने ‘विद्यालय स्तरबाटै क्रिकेटका खेलाडीको अन्तरनिहित क्षमता प्रस्फुटन हुनेछ ।’ होलीफेम्ली स्र्पोट र एकेडेमीले समेत थुप्रै क्रिकेटका खेलाडी उत्पादन गरेर राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मै पहिचान बनाउन सफल भएको बताउँदै थप नगर जिल्लामै खेलाडीको बृद्धि विकासका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको बताए ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

