महेन्द्रनगर । कञ्चनपुरमा शनिवारदेखी भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
भमिदत्त नगरपालिका–१० स्थित होली फेम्ली इङ्गलिश मिडियम स्कुलको आयोजना र भीमदत्त नगरपालिकाको प्रायोजनमा भीमदत्त नगर मावि स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको छ ।
होली फेम्ली स्कुलको खेल मैदानमा हुने सञ्चालन हुने प्रतियोगितामा भीमदत्त क्षेत्रका १८ वटा टिम सहभागी हुने छन । प्रतियोगिताको विजेताले टीमले नगद रु ५१ हजार १ सय ११ रुपैयाँ सहित ट्रफि प्राप्त गर्ने छ । उपविजेताले नगद रु ३१ हजार १ सय ११ प्राप्त गर्नेछन । त्यसैगरी म्यान अफ द म्याच लाई १ हजार ५ सय, बेस्ट बलर र बेस्ट ब्याट्सम्यान लाई जनही २ हजार ५ सय, म्यान अफ द सिरिज लाई ३ हजार तथा उदयीमान खेलाडीलाई १ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक होलि फ्याम्ली स्कुलका सञ्चालक भुपाल सिंह विष्टल जानकारी दिनुभयो ।
थप समाचार
Add A Comment
पश्चिमपाटीद्वारा सञ्चालित
पश्चिमपाटी डटकम
ठेगाना : महेन्द्रनगर, कञ्चनपुर
दर्ता न. १४९
प्रकाशक/ सम्पादक : महादेव अवस्थी
सम्पर्क : ९८६-८८४८११९
इमेल : paschimpati7@gmail.com
- हाम्रो बारेमा
- सम्पर्क
- हाम्रो टिम
- विज्ञापनका लागि
Copyright © 2026All right reserved to Paschimpati.

