महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा शनिबार महेन्द्रनगर बजार क्षेत्रमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बजारलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित वाणिज्य संघले सञ्चालन गरेको सरसफाइ अभियानमा विभिन्न निकायको सक्रिय सहभागिता रहेको थियो ।
सरसफाइ कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला,प्रहरी प्रमुख खडक बहादुर खत्री र वाणिज्य संघका पदाधीकारीहरु संगै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी,स्थानीय समाजसेवी र व्यवसायीहरुको उत्साहपूर्वक सहभागीता रहेको थियो । सहभागीहरुले बजार क्षेत्रका सडक, नाली, चोक तथा सार्वजनिक स्थानहरूमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।
कार्यक्रमका क्रममा सरसफाइसँगै नागरिकलाई फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति सचेत गराउने प्रयास पनि गरिएको थियो । संघका पदाधीकारीहरूले बजार क्षेत्रको सौन्दर्य कायम राख्न र स्वस्थ वातावरण निर्माण गर्न यस्ता कार्यक्रमलाई नियमित रुपमा अगाडि बढाइने बताएका छन । स्थानीयले व्यवसायीहरले सरसफाइ अभियानले बजार क्षेत्र सफा मात्र नभई व्यवसायिक वातावरण सुधारमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।








